Friday, April 10, 2026

नेकपा(माओवादी केन्द्र) को चन्द्रपुर नगर कमिटी बैठक सम्पन्न,जिम्मेवारी तोकियो

ताजा / भरखरै प्राप्त

रौतहट,१९ फाल्गुन÷नेकपा(माओवादी केन्द्र ) को चन्द्रपुर नगर कमिटीको बैठक पार्टी कार्यालय चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा रौतहट क्षेत्र नं. ४(क) का प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर), संविधानसभा सदस्य तथा पार्टीका नेता देवेन्द्र पटेल, पार्टीको केन्द्रिय लेखा समिति सदस्य एकराज थापा,प्रदेश कमिटी सदस्य देवकी नेपाल, युवा नेता राजु धामी, चन्द्रपुर वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध), वडा नंं ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा(रवि), वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसी, जिल्ला समन्वय समिति सदस्य कमला ढकाल, वाईसिएल नेता बाबु घिसिङ,नगर सदस्य विनोद दुलाल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । बैठकले अखिल नेपालमहिला संघ (क्रान्तिकारी ) नगर इन्चार्जमा सरस्वती खुलाल, सह ईन्चार्ज सुभद्रा नेपाल ,तामा· घेदु· संघ चन्द्रपुर नगर ईन्चार्ज सन्त बहादुर पाख्रीन , तत्काल वडा नं ५ मा समन्वयको जिम्मेवारी श्याम राई र प्रचार प्रसारको जिम्मेवारी सुब्बा कार्कीलाई दिने निर्णय भएको पार्टीका नगर उपाध्यक्ष चेत बोलखेले जानकारी दिनुभयो । सोही बैठकले आगामी फागुन २३ गते सांझ रौतहटको क्षेत्र नं. ४ अन्तर्गत पर्ने मलाही टोलमा हुलाकी राजमार्ग केन्द्रिय खवरदारी सभामा निस्कनु भएका पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) लगायत केन्द्रिय टोलीलाई स्वागत तथा विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागिताका लागि समेत आवश्यक निर्णय गरेको छ भने फागुन २४ गते क्षेत्र नं. २ अन्तर्गत पर्ने परोहा नगरपालिकास्थित लौकाहामा हुने खबरदारी सभामा समेत विशाल सहभागिताको लागि समेत आव्हान गरेको पार्टीका नगर अध्यक्ष टिका आचार्यले जानकारी दिनुभयो । कार्यक्रमको अध्यक्षता पार्टीका नगर कमिटी अध्यक्ष टिका आचार्यले गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles