Friday, April 10, 2026

चन्द्रपुर हस्पिटल प्रा.लि.द्धारा संचारकर्मी फणिदेव महतलाई ५० हजार सहयोग

ताजा / भरखरै प्राप्त

रौतहट÷ चन्द्रपुरमा रहेको चन्द्रपुर हस्पिटल प्रा.लि.ले संचारकर्मी फणिदेव महतलाई आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमका वीच संचारकर्मी फणिदेव महतलाई नगद ५० हजार सहित आजीवन चन्द्रपुर हस्पिटल प्रा.लि.बाट उपलब्ध हुने सेवा निशुल्क प्रदान गर्ने समेत घोषणा गरेको छ । विगत २ बर्षदेखि ब्रेनट्युमर रोगबाट पीडित महतलाई चन्द्रपुर हस्पिटल प्रा.लि.मा कार्यरत कर्मचारी,डाकटर सहितको टिमले एक दिनको तलव बराबरको सहयोगबाट संकलित रकम अस्पतालका संचालक डा. सुवास चौधरीले संचारकर्मी फणिदेव महतलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्नुहुदै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य तथा बरिष्ठ पत्रकार शिव पुरीले चन्द्रपुर हस्पिटल प्रा.लि.ले गरेको मानवीय सेवाको लागि समाजमा उदाहरणीय रहेका ेबताउनुभयो । उहाले चन्द्रपुर हस्पिटल प्रा.लि.ले असहाय,गरीव,समस्यामा परेकोहरुलाई सदैव सहयोग गर्दै आएकोले पनि समाजले उक्त हस्पिटललाई हेर्ने दृष्टिकोण सदैव सकरात्मक हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले पत्रकारिता मार्फत समाजलाई ठूलो योगदान गरेकै परिणाम आज फणिदेव महतलाई समाजले समेत सम्झेको बताउनुभयो । कार्यक्रममा पत्रकार यादवराज पुरीले चन्द्रपुर हस्पिटलले हरेक समस्यामा परेको व्यक्तिहरुलाई सकेको सहयोग गरेको बताउनु भयो । कार्यक्रममा संचारकर्मी फणिदेव महतले आफुलाई विगतका दिनमा समेत चन्द्रपुर हस्पिटलले गरेको सहयोगको उच्च प्रशंसा गर्नुहुदै आज गरेको सहयोगको लागि आभार प्रकट गर्नुभयो । कार्यक्रममा चन्द्रपुरमा रहेको संचारकर्मी तथा हस्पिटलका संचालक,कर्मचारीहरुको सहभागिता रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त आचार्यले जानकारी दिनुभयो । उक्त अवसरमा संचारकर्मीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles