Friday, April 10, 2026

नेकपा माओवादी केन्द्र अव जनताको जीवन बदल्ने अभियानमा केन्द्रित ः प्रचण्ड

ताजा / भरखरै प्राप्त

रौतहट, २४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी जनताको जीवन बदल्ने अभियानमा केन्द्रित भएको बताउनु भएको छ । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिकका लागि राइस कुकर वितरण कार्यक्रमको उद्घाटन गर्दै उहाले यस्तो धारणा राख्नुभएको हो ।
लामो बलिदानीपूर्ण आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै एक चरणको राजनीति क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्तिको तयारीमा जुट्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समजावादका लागि जनताको आर्थिक सामाजिक रुपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट क्रान्तिकारीहरु अब यसमै केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले रौतहट क्रान्तिकारी कम्युनिस्टहरुको किल्ला भएको उल्लेख गर्दै यहा“ भएको किसान बिद्रोहले देशभर सामन्तवादविरुद्धको आन्दोलनलाई प्रेरणा दिएको बताउनुभएको छ। सो अवसरमा उहा“ले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिंदै महिलाले पाएको राजनीतिक अधिकारको रक्षा र कार्यान्वयन गर्दै हरेक क्षेत्रमा समानुपातिक रुपमा महिला सहभागिता बढाउन सङ्कल्प गर्नुपर्ने बताउनुभयो।
हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज रौतहटमा रहेको छ। कार्यक्रममा पार्टीका केन्द्रिय पदाधिकारीहरु, जिल्लाका पदाधिकारीहरु लगायत सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । आज लौकाहामा दिउसो १२ बजे जनसभा सहित विभिन्न पालिकामा जनभेटघाटका कार्यक्रम रहेका पार्टीका जिल्ला इन्चार्ज अशोक जयसवालले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles