रौतहट, २४ फागुन । रौतहटमा विभिन्न पार्टी परित्याग गरी तीन सय जना बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
हुलाकी मार्ग केन्द्रित जनतास“ग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा गढीमाइ नगरपालिका–९ मलाहीटोलमा विहिवार आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो ।
एमाले चन्द्रपुर नगर उपाध्यक्ष एवं तामाङ लोकतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष लालबहादुर दोङ, आजपा केन्द्रीय सदस्य अरुण पासवान,काग्रेसका बली सहनीको नेतृत्वमा उनीहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् । स्वागत कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्डले जनतामा माओवादी केन्द्रप्रतिको विश्वास प्रष्ट रुपमा देखिएको बताउनुभयो । उहाले माओवादी केन्द्र पार्टीले लिएको अभियानले देशैभरी तरंग पैदा गरेको बताउनुहुदै अव जनताले आफ्नो मुक्ति,गरीव,विपन्नको आवाज उठाउने र काम गर्ने पार्टी भनेर माओवादी केन्द्रको विकल्प नदेखेको बताउनुभयो । अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित जनतास“ग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा पार्टी प्रवेशले पनि उत्साह जगाएको बताउनुभयो । यसरी देखिएको जनताको अपार उत्साहले रौतहटमा माओवादी केन्द्रले आउदो निर्वाचनमा राम्रो परिणाम ल्याउनमा आफु विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारीहरु, जिल्लाका पदाधिकारीहरु लगायत हजारौको संख्यामा जनताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य पार्टीका केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं. ४(१)का प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)ले राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका क्षेत्र नं. ४ का अध्यक्ष एकराज थापाले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका नेता देवेन्द्र पटेलले संचालन गर्नुभएको पार्टीका नेता राजु धामीले जानकारी दिनुभयो । अभियान अन्तर्गत आज रौतहटको लौकाहमा दिउसो १ बजे विशाल जनसभा हुदैछ भने जिल्लाका अन्य विभिन्न स्थानमा जनभेटघाट कार्यक्रम रहेका छन् ।

