रौतहट,२७ फागुन÷ आगामी चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यतिखेर देशैभरीका विद्यार्थी संगठनलाई जोडतोडका साथ लागेको छ । विगतका बर्षहरुमा क्याम्पसमा बर्चस्व कायम राखेका विद्यार्थी संगठनलाई आफ्नो साख जोगाउन तथा अन्य विद्यार्थी संगठनलाई नेतृत्वमा पुग्नका लागि यतिखेर युद्धस्तरमा विद्यार्थीसंग सहकार्य,सम्वाद लगायतको कार्यलाई तिव्र बनाएका छन् । यसैवीच मंगलवार रौतहटको एक मात्र स्ववियू निर्वाचन हुने क्याम्पस जनज्योति बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले अरु विद्यार्थी संगठनले नसोचेको विद्यार्थीहरुको जमघट देखाएको छ । मंगलवार आफ्नो मनोनयन दर्ता गर्न जाने क्रममा देखिएको विद्यार्थीहरुको जमघटले अन्य विद्यार्थी संगठन सोच्न बाध्य भएको एक विद्यार्थीले बताए । यतिखेर अखिल क्रान्तिकारीको तर्फबाट स्वबियु सभापति पदका लागि जुझारु बिधार्थी नेता अजय पटेलको नेतृत्वमा प्यानल सहित मनोनयन दर्ता गरेको छ । अखिल क्रान्तिकारीको प्यानलमा सभापति अजय पटेल,सचिव सुष्मिता धलान,कोषाध्यक्ष अनिशा चौधरी रहेका छन् भने सदस्यहरुमा सुनिल कुमार साह,सुरुती पटेल,राजिव चौधरी,श्याम प्रकाश कुमार पटेल,विक्रम प्रसाद साह कलवार,लाल मोहर सहनी, सर्मिला कुमारी चौधरी रहेका छन् । समावेशी रुपमा उम्मेदवारी रहेको र विद्यार्थीहरुको हकहितमा सदैव नेतृत्वदायी भूमिका रहेका कारण पनि अखिल क्रान्तिकारीतर्फ विद्यार्थीहरुको समर्थन रहेको सभापति पदका उम्मेदवार अजय पटेलले जानकारी दिनुभयो । क्याम्पसमा देखिएको अनियमितता, विद्यार्थीहरुको हकहित, गुणस्तरीय शिक्षामा विद्यार्थीहरुको प्रत्यक्ष पहुच पु¥याउनका लागि अखिल क्रान्तिकारीको उम्मेदवारलाई विजयी गराउन समेत उहाले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन कार्यतालिका अनुरुप मङ्गलबार जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा नेपाल बिद्यार्थी संघको तर्फ बाट अध्यक्षमा मोहम्द नौसाद आलम, सचिबमा शाहिल पुरी कोषाध्यक्षमा सम्झना कुमारी चौधरी, सदस्यहरुमा बिकास कुमार दास, आरजु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, रितिक सिह, रेजिना कुमारी काफले र शुसिल कुमार पहरी रहेका छन ।यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनको तर्फ बाट अध्यक्षमा दामोदर उप्रेती सचिबमा शुभ श्रेष्ठ, कोषाध्यक्षमा अभिशेष कुमार चौधरी, सदस्यमा अबिना भुजेल, हिराकुमारी पहाडी, अजय प्रसाद कलवार, दिपेश चौधरी, देबिका ठाडामगर, मनिष चौधरी र अनिता कुमारी राई रहेका छन । यस्तै संयुक्त समाजबादी बिधार्थी युनियन नेपालकोे तर्फ बाट अध्यक्षमा राजन चौधरी, सचिबमा सुजन राई, कोषाध्यक्षमा दिनिया कुमारी चोधरी र सदस्यमा शुसान्त चौधरी रहेका छन । मनोनयन दर्तापछि आगामी २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । फागुन २९ गते दिनको १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन र कार्यतालिकाअनुसार चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राती १२ बजेसम्म तोकेको छ, त्यसपछि मौनअवधि शुरू हुनेछ । मौन अवधि शुरू भएपछि उम्मेदवारले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेको छ ।

