Friday, April 10, 2026

जनज्योति बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन सम्पन्न, आजै परिणाम आउने

ताजा / भरखरै प्राप्त

रौतहट÷रौतहटको एक मात्र स्ववियू निर्वाचन हुने जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । विहान ८ बजेदेखि शुरु भएको निर्वाचन सांझ ४.४५ बजे सम्पन्न भएको हो । जनज्योति बहुमुखी क्याम्पसमा २ हजार ९ सय ५४ विद्यार्थी रहेकोमा निर्वाचनमा १ हजार ६ सय ८७ मत खसेको छ । त्यसैगरी समानुपातिक तर्फ १ हजार ६ सय ८५ मत खसेको क्याम्पस निर्वाचन समितिका निर्वाचन अधिकृत विनोद तिमलसिनाले जानकारी दिनुभयो । शान्तिपुर्ण रुपमा सम्पन्न निर्वाचनमा नेविसंघ, अनेरास्वविय,अखिल(क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन सहभागिता भएका थिए । अहिले केही समयपछि सर्वपक्षिय भेला बसेर मतगणनाको समय तय गरिने निर्वाचन अधिकृत तिमलसिनाले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles