𝐆𝐋𝐎𝐁𝐀𝐋 𝐌𝐎𝐍𝐄𝐘 𝐖𝐄𝐄𝐊-𝟐𝟎𝟐𝟓 को अवसरमा “Think before you follow, wise money tomorrow भन्ने विश्वब्यापी नारालाई आत्मसाथ गरी संकल्प वचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विहिवार जनज्योती नमुना मा.बि. मा विद्यार्थीहरुसंग वित्तिय साक्षारता कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष गणेश पौडेल, व्यवस्थापक हरी प्रसाद तिमलसिना, बचत विस्तार उपसमितिका संयोजक जनकराज भारती, प्रचार प्रसार उपसमिति संयोजक डिल्ली बहादुर कार्की, बचत विस्तार उपसमितिकाका सदस्य देव नारायण हुमागाई,रिलव पौडेल लगायतको उपस्थितिमा कक्षा ११ को व्यवस्थापन संकायका विद्यार्थीहरुसंग साक्षरता कार्यक्रम गरिएको थियो । कार्यक्रममा व्यवस्थापक हरी प्रसाद तिमलसिनाले बचत भनेको के हो ? सहकारीमा बचत गर्नुको फाइदा लगायतका विषयमा जानकारी दिनुभएको थियो । त्यसैगरी संस्थाका बचत विस्तार उपसमितिका संयोजक जनकराज भारतीले बचत कसरी गर्ने ? कसका लागि गर्ने ? बचतको फाइदा के हो ? लगायतका विषयमा विद्यार्थीहरुलाई स्पष्ट पार्नुभयो । संस्थाका अध्यक्ष गणेश पौडेलले पैसा भनेको के हो ? पैसाको महत्व किन हुन्छ ? पैसा कसरी बचत गर्ने ? बैक र सहकारी वीचको फरक के हो ? लगायतका विषयमा आफ्नो धारणा राख्नुभयो । संकल्प साकोसले दिने सेवा सुविधा र यसको कार्यक्षेत्रका बारेमा समेत जानकारी दिनुभयो । संकल्प साकोसको कुल चालु पुजी करीव ८० करोड भन्दा माथि रहेको र यसले बचतकर्ताहरुलाई आवश्यक परेको समयमा दिने ऋण लगगायतका अन्य सेवा सुविधाका बारेमा समेत प्रष्ट पार्नुभयो ।
