Friday, April 10, 2026

रौतहटका प्रजिअद्धारा संचारकर्मीसंग परिचयात्मक कार्यक्रम

ताजा / भरखरै प्राप्त

रौतहट÷ रौतहट जिल्लामा भर्खरै आउनु भएका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले रौतहटका संचारकर्मीहरुसंग परिचयात्मक कार्यक्रम गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी खड्काले समग्र रौतहटको शान्ति सुरक्षा कायम गर्न संचारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेकोले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाले राष्ट्रसेवक कर्मचारी राष्ट्रले दिएको जिम्मेवारी पुरा गर्न निष्पक्ष तरिकाले लाग्ने भएपनि जनतासंगको प्रत्यक्ष सम्बन्ध संचारकर्मीहरुसंग हुने भएकोले दुवैको सहकार्यले जिल्लामा अमन चयन, शान्ति सुरक्षा अब्बल हुने धारणा राख्नुभयो । उहाले जिल्लाको हरेक समस्या लिई जनताहरु जिल्ला प्रशासन कार्यालयसम्म आइपुग्ने भएकोले त्यसलाई समाधान गर्नका लागि सवैसंगको सहकार्य विना सम्भव नभएको बताउनुभयो । जिल्लामा खुल्ला सिमाना प्रमुख समस्या भएपनि नेपाल प्रहरी,शसस्त्र प्रहरीको विशेष सक्रियतामा शान्तिसुरक्षाका साथै स्थानीयहरुसंग समन्वयात्मक रुपमा काम गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्कीले प्रशासन र संचारकर्मीहरुवीचको सहकार्यले समाजलाई सुसुचित गर्ने काम प्रभावकारी हुने बताउनुभयो । उहाले समस्याको पहिचान गरी सम्बन्धित निकाय समक्ष राख्ने हो भने समस्या समाधानमा खासै चुनौती नरहेको बताउनुभयो । पत्रकार रमेश तिमलसिनाले रौतहटको उत्तरी क्षेत्रका जनताले राहदानी बनाउन ठुलो समस्या भोगिरहेको बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा सुविधाप्रति जनताको गुनासो रहेकोले त्यसलाई सम्बोधन गर्न आग्रह गरेका थिए । कार्यक्रममा बरिष्ठ पत्रकार तथा कान्तिपुर दैनिकका उप सम्पादक शिव पुरी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रेमचन्द्र झा, पुर्व अध्यक्ष शैलेन्द्र कुमार गुप्ता, सचिव गौतम श्रेष्ठ, महासंघका महिला उपाध्यक्ष विना राउत,कोषाध्यक्ष संजय कुमार सहनी लगायतका संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मनिष झा, नायव सुब्बा रामनरेश साह लगायतको कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles