रौतहट÷ चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेको नेतृत्वमा आइतवार चन्द्रपुरमा रहेको सिभिल ह्युमन हस्पिटल प्रा.लि.मा अनुगमन गरिएको छ । चन्द्रपुर नगरक्षेत्र भित्र संचालनमा रहेका अस्पतालहरुको दर्ता तथा मापदण्ड अनुगमनका लागि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले, वडा नं. ४ का वडा अध्यक्ष रवि राना मगर, चन्द्रनिगाहपुर अस्पतालका डा. अभिनन्दन श्रीवास्तव,स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुर, मातृका चालिसे लगायतका टोलीले सिभिल ह्युमन हस्पिटल प्रा.लि.को निरिक्षण गरेको छ । टोलीले अस्पताल संचालनका लागि आवश्यक पुर्वाधार तथा स्वास्थ्य सामाग्रीको समेत अनुगमन गरी नगरपालिकालाई जानकारी गराउने नगरप्रमुख काफ्लेले बताउनुभयो । तोकिएको मापदण्ड पुगेका अस्पताल संचालनका लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाउने बताउनुभयो । स्थानीय तहलाई १५ सैयासम्मको अस्पताल संचालन गर्न दिने कानुनी व्यवस्था भए अनुरुप दर्ता गरि अस्पताल संचालनको मापदण्ड पुगेको भनि नगरपालिकामा जानकारी गराएकोले सोही अुनरुप अनुगमन गरिएको उहाले बताउनुभयो । अस्पताल संचालक राजन कुमार साहले तोकिएको मापदण्ड पु¥याएर नै अनुमति लिएको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशिका अनुसार सवै प्रक्रिया पु¥याएर अस्पताल संचालन गरिएको बताउनुभयो । यस अघि अस्पताल संचालनका लागि अस्थायी अनुमति दिने प्रावधान नरहेको भन्दै मुख्यमन्त्री कार्यालयले विज्ञप्ति निकाल्दै नगरपालिकालाई सचेत गराएको थियो । मधेश प्रदेशका मु्ख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा रहेका अस्पतालहरुको अनुगमन गरेपछि मापदण्ड नपुगेका र दर्ता नभएका अस्पतालहरु तत्काल बन्द गर्न निर्देशन दिएका थिए । दर्ता नभएकोलाई तत्काल दर्ता प्रक्रियामा जान र मापदण्ड नपुगेका अस्पतालहरुलाई मापदण्ड पु¥याउन ठाडो निर्देशन दिएपश्चात रौतहटमा रहेका अधिकांश अस्पतालहरु बन्द भएका थिए ।

