Friday, April 10, 2026

६८ औं राष्ट्रिय सहकारी दिबसको अबसरमा चन्द्रपुरमा प्रभातफेरी

ताजा / भरखरै प्राप्त

चन्द्रपुर २० चैत्र । मर्यादित सहकारी सम्मुनत समाज भन्ने मुलनाराका साथ आज रौतहटको चन्द्रपुरमा ६८ औं राष्ट्रिय सहकारी दिबसको अवसरमा प्रभातफेरी सहित कार्यक्रमको आयोजना गरिएको छ । चन्द्रपुर नगरपालिका सहकारी शाखाको आयोजना र रौतहट बचत तथा ऋण सहकारी संघ र अन्य सहकारी संस्थाको समन्वयमा राष्ट्रिय सहकारी दिबस मनाइएको हो । बुधवार बिहान चन्द्रपुर नगरपालिकाको प्राङ्गण बाट ब्यानर,प्ले कार्ड सहित निकालिएको प्रभातफेरी रयाली चन्द्रनिगाहपुरको होटल एन प्लाजाको सभाहलमा पुगेर दिबस मनाइएको हो । चन्द्रपुर नगरपालिकामा आबद्ध बिभिन्न फरक सहकारी संस्थाको सहभागितामा दिबस मनाइएको हो । सहकारी गान र नृत्य सहित मनाइएको दिबसमा उत्कृष्ट सहकारी संस्था र ब्यबस्थापक लाई सम्मान गरिएको थियो । दिबसको उदघाटन गर्नुहुदै मधेश प्रदेश सभा सदस्य युबराज भट्टराईले तीन खम्बे अर्थतन्त्रको प्रभाबकारिता सहकारी क्षेत्र रहेको बताउनु हुदै रौतहटकै सहकारी आन्दोलन लाई चन्द्रपुरले नेतृत्व लिएको बताउनु भयो । ब्यबसस्थीत ढङ्गले मर्यादित तबरले सरोकारवालाले भुमिका खेलेर सहकारी प्रबद्धनमा लाग्नु पर्ने उहाले बताउनु भयो । स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बाल समुहको साङ्गेतिक प्रस्तुतिले दिबसमा गरिएको कार्यक्रममा रौनकता थपिएको थियो । सोही कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष सहकारीको सिध्दान्त र भाबना अनुरुप नचलेको कारण सहकारीमा समस्या आएको बताउनु भयो । लगानीको आधार हेरेर मात्र संचालन गर्दै जानु पर्ने बताउनु भयो । पछिल्लो समयमा सहकारीमा देखिएको समस्या लाई संचालक समितिले आफनो जिम्मेबारी अनुरुप सहकारी सिध्दान्तमा चले बिश्वसनियता अझै बढने सहभागिहरुले बताएका छन । यस्तै सोही कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका पुर्ब अध्यक्ष देबकी नेपाल सहकारीको भुमिका लाई हेर्नु पर्दा ईतिहासमानै रौतहट जिल्लाको चन्द्रपुरले भुमिका खेलेको बताउनु भयो । सहकारी संचालन गर्दा उदेश्य र लक्ष्य अनुरुप चल्नु पर्ने बताउनु भयो । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष निलहरी कोइराला, स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नरेन्द्र रानामगर, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीले दिबसको उपलक्ष्यमा शुभकामना दिनु भएको थियो । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष शहदेब केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ब्यबस्थापक जनार्दन कोइरालाले गर्नु भएको थियो भने स्वागत मन्तब्य चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख नसरे आलमले राख्नु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles