Friday, April 10, 2026

नव विकास साकोसद्धारा निःशुल्क कान शिविर, २४३ जनाले लिए स्वास्थ्य सेवा

ताजा / भरखरै प्राप्त

रौतहट÷ रौतहटको चन्द्रपुरमा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वृहत निशुल्क एक दिने कान शिविर शनिवार सम्पन्न गरेको छ । आफ्नै भवनमा सम्पन्न गरेको एक दिने निःशुल्क कान स्वास्थ्य शिविरमा कुल २४३ जनाले सेवा लिएका थिए । शिविरमा रामरेवती प्रतिष्ठान र हिमालयन पोलिक्लिनिकको औषधिमा सहकार्य रहेको थियो भने प्राविधिक सहयोग इम्प्याक्ट नेपाल रौतहटले गरेको हो । विगत १४ वर्षदेखि निरन्तर रुपमा नव विकासको आयोजनामा सञ्चालन हुँदै आएको यो कान स्वास्थ्य शिविर सहकारी संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पहलको रूपमा लिइएको सेवाग्राहीले बताए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा पुर्व पर्यटन मन्त्री युवराज भट्टराई समिरले यस्ता सामाजिक अभियानहरू सहकारी क्षेत्रको आर्थिक सीमाभन्दा बाहिर गएर समुदायप्रतिको समर्पणको जीवित उदाहरण भएको उल्लेख गर्नुभयो । उहाले सहकारीले वचत,ऋण मात्र नभई सामाजिक कार्यमा समेत उत्तिकै जिम्मेवार भएर लाग्ने गरेकै कारण विश्वास जित्न सफल भएको बताउनुभयो । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी सङ्घका उपाध्यक्ष रामविश्वास पासवान,चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख शेख नसरे आलम चन्द्रोदय साकोसका अध्यक्ष बसन्त आचार्य, डसंकल्प साकोसका अध्यक्ष गणेश पौडेल, हातेमालो साकोसका अध्यक्ष दीपक घिमिरे , डा. शालिग्राम शर्मा लगायतको आतिथ्यता रहेको थियो । आयोजक नव विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र तिवारीले हरेक बर्ष आयोजना गर्दै आएको कान शिविरले यस क्षेत्रमा लुकेर बसेका समस्या समेत उजागर भइ स्वास्थ्य सेवा लिएको बताउनुभयो । उहाले स्वास्थ्यको एक प्रमुख अंक कान भएपनि यसलाई सामान्य रुपमा लिने गरेका कारण गम्भीर परिणाम निम्तन सक्ने भएकोले बेलैमा उपचार गर्न आग्रह समेत गनूभयो । शिविर समापन कार्यक्रमको अध्यक्षता राजेन्द्र तिवारीले गर्नुभएको थियो भने कार्यक्रम संस्थाका सचिव दिनेश मैनालीले संचालन गर्नुभएको संस्थाका व्यवस्थापक यज्ञ प्रसाईले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles