Friday, April 10, 2026

नेपाली काग्रेस रौतहट जिल्ला कार्य समितिद्धारा नयाँ बर्षमा शुभकामना आदान प्रदान

ताजा / भरखरै प्राप्त

रौतहट÷ नेपाली काग्रेस रौतहट जिल्ला कार्य समितिद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बुधवार चन्द्रपुरको डावरी पार्कमा सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष तथा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव(जितेन्द्र)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफ्नो भनाई राख्नुहुदै अर्थमन्त्री यादवले नेपाली कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादको दिशामा अघि बढ्न नेपाली जनताको अधिकारलाई स्थापित गर्न गरेको विभिन्न आन्दोलनहरूको बारेमा स्मरण गराउँदै बलियो कांग्रेस निर्माणको लागि गुटबन्दी त्याग्न समेत आग्रह गर्नुभयो । नया वर्षलाई नया सोच र जागरका साथ पार्टी निर्माणको लागि लाग्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाले आफू अर्थ मन्त्री भएपछि जिल्लाको विकासको लागि विभिन्न योजनाहरुमा बजेटको प्रभावकारी कार्यान्वयन गर्न सफल भएको बताउनुभयो ।
विशिष्ट अतिथी पुर्व प्रदेश सभा सदस्य धनलाल ठोकरले नेपाली काग्रेस नै देश हाक्ने पार्टी भएकाले जनताको विश्वास पनि काग्रेस पार्टीप्रति रहेको बताउनुभयो । नया बर्षको अवसरमा शुभकामना दिनुहुदै नेता ठोकरले हरेक नेपालीलाई एकजुट भई देश विकासमा लाग्न समेत आग्रह गर्नुभयो । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले नया बर्षले हरेक नगरवासी,जिल्लावासी तथा सम्पूर्ण देशवासीहरुलाई नया उत्साह,उमंगका साथै देश विकासको लागि सकारात्मक सोचले अभिप्रेरित गर्न सकोस भन्नुभयो । उहाले नेपाली काग्रेस पार्टीले लिएको हरेक नीति,विधि जनताकै हितमा रहेकोले हरेक नेपालीहरु नेपाली काग्रेसकै सदस्य हुन लालायित रहेको बताउनुभयो । नेपाली काग्रेस रौतहट जिल्ला समितिका सचिव मिथिलेश कुमार मिश्राले हरेक नेपालीको मन,मुटुमा बस्न सफल नेपाली काग्रेसप्रति जनताको उच्च आश र भरोसा रहेकोले त्यसलाई पुरा गर्न पार्टी पंक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल,माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ यादव,परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल,चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला कुमारी चौधरी, गुजरा नगरपालिकाका उपप्रमुख रत्ना लामा,युवा नेता रविनचन्द्र कोइराला,सरस्वती गिरी,सुवास कोइराला,काष्ट व्यवसायी संघ रौतहटका अध्यक्ष श्यामलाल ठोकर लगायतको उपस्थिति रहेको थियो । चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बलराम राउतले नया बर्षमा पार्टी एकताबद्धका साथ अगाडि बढाउन सवैलाई आग्रह गर्नुभयो । पार्टीमा गुट उपगुटले सधै पार्टीलाई पछाडि धकेल्ने भएकोले एकजुट भई अगाडि बढे विकास र समृद्धि टाढा नरहेको बताउनुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष निलहरी कोइराला, वडा नं. ७ का वडा अध्यक्ष विष्णु उप्रेती, वडा नं. ८ का वडा अध्यक्ष जितेन्द्र चौधरी,महिला नेतृ अंजु झा लगायतको समेत उपस्थिति रहेको थियो । नेपाली काग्रेस पार्टी प्रति आस्थावात पार्टीका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली काग्रेसका युवा नेता श्यामहरी चौलागाईले कार्यक्रम संचालन गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles