रौतहट । नेपाली कांग्रेस रौतहट जिल्लाको विद्यार्थी विभागको जिम्मेवारि युवा नेता श्याम हरी चौलागाईले पाएका छन् । नेपाली कांग्रेस रौतहटका सभापति जितेन्द्र यादव सुनिलले नेपाल विद्यार्थी संघ रौतहटका पूर्व अध्यक्ष समेत रहेका चौलागाई लाई विद्यार्थी विभाग प्रमुखमा मनोनीत गरेका हुन् । रौतहटको विद्यार्थी राजनीतिबाट अगाडि बढेका युवा नेता चौलागाईलाई पार्टीले विश्वास गरेपछि उनले विभागीय जिम्मेवारी पाएका हुन् । नेपाली कांग्रेस रौतहटको प्रखर वक्ताको रूपमा समेत परिचित उनी पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि हुन् ।
पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको संगठन विस्तार र जिल्लामा विद्यार्थी संघको स्थितिलाई अझ धेरै माथि उकास्न नेता चौलागाईको भूमिका महत्वपूर्ण हुने विश्वास सहित उनलाई पार्टीले आईतबार विद्यार्थी विभागको जिम्मेवारी दिएको हो । जिल्लामा नेपाली कांग्रेसले किसान, खेलकुद,कलाकार लगायतका अन्य वर्गीय संघ संस्थाहरुको जिल्ला नेतृत्व चयन गरिसकेको छ । नेता चौलागाईंलाई पार्टीले उचित जिम्मेवारी दिए पछि उनलाई सामाजिक सञ्जालमा समेत बधाईको ओइरो लागेको छ। पछिल्लो समय रौतहटको राजनीतिमा चौलागाईको चर्चा चुलिएको छ । समाजलाई अगाडि राखेर काम गर्ने नेता चौलागाई जनतासंग नजिक भएर काम गर्न रुचाउछन् । हरेक निर्वाचनमा सक्रिय रुपमा प्रस्तुत हुने चौलागाई सवैको मन जित्न समेत सफल भएका छन् ।
