Friday, April 10, 2026

शसस्त्र प्रहरी बल रौतहटद्धारा रक्तदान

ताजा / भरखरै प्राप्त

रौतहट, १० चैत्र÷ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले आफ्नो १८ औ स्थापना दिवस–२०८२” को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटको आयोजनामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रौतहटको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो। शसस्त्र प्रहरी उपरिक्षक बस्नेतले समस्यामा परेको मानव जीवनलाई जोगाउन रगतको दान गर्ने कार्य जीवनदान भएकोले गणको स्थापना दिवसको अवसर पारेर रक्तदान गरिएको जनाउनुभयो । शसस्त्र प्रहरीले जनताको हरेक सुखदुःखको साथी भएकाले समाजका लागि एउटा पुन्य काम गरेको बताउनुभयो । उहाँले अन्य समयमा पनि आवश्यक परेको बेला समय समयमा सशस्त्र प्रहरी रक्तदान गरेर बिरामीहरुको ज्यान बचाउन भूमिका खेल्दै आएको स्मरण गर्दै उहाँले जनहित र समाजिक कार्यमा सशस्त्र प्रहरी सदैव अब्बल रहेकोमा खुसी व्यक्त गर्नुभयो । आजको रक्तदान कार्यक्रममा रौतहट जिल्लामा कार्यरत २८ सशस्त्र प्रहरी कर्मचारीहरुबाट रक्तदानमा सहभागी भई रक्तदान गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष राजकिशोर यादवले कसैको खेरजाने रगतले कसैको ज्यान बचाउने हुँदा रक्तदान गर्न समुदायलाई प्रेरित गर्नुपर्नेमा जोड दिदैं सशस्त्र रक्तदानको कार्यमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles