रौतहट÷ मे १ तारिख अर्थात १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवस रौतहटको चन्द्रनिगाहपुरमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । अखिल नेपाल यातायात मजदुर संघ मधेश प्रदेश समिति, अखिल नेपाल ट्रेड युनियन महासंघ, मधेश प्रदेश समिति, अखिल नेपाल यातायात मजदुर संघ, अटो तथा इरिक्सा इकाई कमिटी चन्द्रपुरको आयोजना भएको विशाल ¥यालीले चन्द्रपुरको जंगल टोल देखि चण्डिका पेट्रोल पम्प हु“दै चन्द्रपुरको बजार पुगी पुनः चन्द्रपुरको मुख्यचोक तिनकुने पार्कमा आई कोण सभामा परिणत भएको थियो । संसारभरका मजदुरहरु एक हौं, अधिकारका लागि हस्तक्षेप गरौ लगायतका नारा लगाउदै कोणसभामा आएका मजदुरहरु १ मिनेट मौनधारणपछि शूरु भएको कोणसभालाई सम्बोधन गर्नुहुदै नेकपा माओवादी केन्द्रका महिला नेतृ देवकी नेपालले मजुदरको दुःख नजिकबाट निकालेको बताउदै मजदुरको दुःखका दिन घटाउने कार्यमा आफु सधै लागिरहेको बताउनुभयो । मजदुरहरुको हक,अधिकारको लागि बोलिदिने काममा आफु कहिल्यै पछाडी नपरेको बताउनुहुदै आगामी दिनमा समेत मजदुरको हक,अधिकारका लागि सदैव अग्रमोर्चामा लड्ने बताउनुभयो । वक्ताहरुले स्थानीय सरकारसंग ३ पाङग्रे सवारीको दर्ता र सुचिकृत सहित पार्किङको व्यवस्था गर्न माग समेत गरेका थिए । कोणसभामा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य झलक श्रेष्ठ ,अखिल नेपाल मजदुर संघका केन्द्रीय सचीव रंगनाथ तिमलसिना,चेत बोलखे, गौतम खड्का,केदार तिमल्सिना लगायत मजदुर नेता तथा मजदुरहरुको उपस्थिति रहेको थियो । मजदुर नेता नरराज आचार्यले संचालन गर्नुभएको कार्यक्रमको सभापतित्व अखिल नेपाल यातायात मजदुर संघका रौतहट जिल्ला अध्यक्ष विनोद दुलालले गर्नुभएको थियो । ¥यालीमा ३ सय भन्दा बढी इरिक्सा सहित चालकको उपस्थिति रहेको थियो ।

