चन्द्रपुर÷रौतहटको चन्द्रपुरमा मंगलवारदेखि “जय नेपाल कप” क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपाली कांग्रेस विद्यार्थी विभाग, रौतहटद्वारा आयोजित “जय नेपाल कप” टी–ट्वान्टी क्रिकेट प्रतियोगिता बेतौना कोटिहोम क्रिकेट मैदानमा एक भव्य समारोहका बीच मधेस प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री तथा नेपाली काग्रेस रौतहटका सभापति सुनिल कुमार यादवले उदघाटन गर्नुभयो ।
कार्यक्रम नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटका प्रमुख श्यामहरि चौलागाईंको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य धनलाल ठोकर, नेपाली कांग्रेस जिल्ला सचिव मिथिलेश कुमार मिश्र, मधेस प्रदेशका प्रवक्ता सूर्यबहादुर थापा, सञ्चार विभाग प्रमुख नितेश कुमार गुप्ता, चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्ले, माधवनारायण नगरपालिकाका प्रमुख बैजु यादव, चन्द्रपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र चौधरी, वडा नं. ९ का अध्यक्ष नवराज देवकोटा, वडा नं. ६ का अध्यक्ष सहदेव केसी, वडा नं. १ का अध्यक्ष बलराम राउत,वडा नं. ५ का अध्यक्ष निलहरि कोइराला, वडा नं. ७ का अध्यक्ष विष्णु उप्रेती
लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आज सम्पन्न उद्घाटन खेलमा सिधुरेघारी बहुमुखी क्याम्पस, चन्द्रपुरबीच विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको लक्ष्मी श्री क्याम्पसले निर्धारण २० ओभरको खेलमा सबै विकेट गुमाउदै ९३ रन बनाएको थियो। लक्ष्मी श्री क्याम्पसका लागि कप्तान सञ्जय साहले सर्वाधिक ३१ रनको योगदान दिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको सिधुरेघारी बहुमुखी क्याम्पसले १९.१ ओभरमा मात्र ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै शानदार जित हात पारेको छ। टिमका लागि आदित्य खड्काले सर्वाधिक २४ रन बनाएका थिए। प्रतियोगितामा सिधुरेघारीका कप्तान राजेश यादवलाई म्यान अफ द म्याचको उपाधि प्रदान गरिएको छ । खेलकुदको माध्यमबाट युवाहरुलाई सहि बाटोमा ल्याउन तथा क्रिकेटका माध्यमबाट रौतहटलाई विश्वसामु चिनाउने एउटा प्लेटफर्म रहेको क्रिकेटर देवराज कार्कीले बताउनुभयो ।
