Friday, April 10, 2026

मधेश प्रदेशका मुख्यमन्त्रीले स्टण्ट देखाए ः अध्यक्ष कार्की

ताजा / भरखरै प्राप्त

रौतहट÷ नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. अनिल विक्रम कार्कीले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले कुनै आधिकारिक पत्र नदिई अस्पतालहरूमा छिर्दै चिकित्सकहरुलाई धम्काउदै स्टन्ट देखाउने शैलीले स्वास्थ्य क्षेत्रलाई बदनाम बनाएको बताएका छन् । पछिल्ला दिनमा मुख्यमन्त्री सिंहले अस्पतालहरूमा गरेको अनुगमन शैलीप्रति गम्भीर आपत्ति जनाउदै डा. कार्कीले सरकार आफैंले यसरी चिकित्सक आतंकीत पार्ने कामले स्वास्थ्यक्षेत्रमा गम्भीर संकट ल्याउने बताए । नेपाल चिकित्सक संघको शाखा औपचारिक रूपमा विस्तार कार्यक्रममा आफ्नो मन्तव्यका क्रममा डा. कार्कीले प्रदेश सरकारले स्वास्थ्यक्षेत्रमा गर्ने कामको योजना,नीति निर्माण गरेर अगाडि आउनुपर्ने बताए । यसैवीच नेपाल चिकित्सक संघ रौतहट शाखा स्थापना विधिवत रुमा सम्पन्न भएको छ । रौतहट जिल्लामा कार्यरत चिकित्सकहरूको हक–हित, व्यावसायिक गरिमा र संगठनात्मक सशक्तिकरणका लागि संघले १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जिल्लाभरिका चिकित्सकहरूको सहभागितामा डा. सुवास कुमार चौधरीको अध्यक्षतामा समिति गठन गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. कौशल आलम, उपाध्यक्षमा डा. राकेश चौधरी, सचिवमा मनोज कुमार कौशल, कोषाध्यक्षमा डा. नवीन कुमार सिंह, सह–कोषाध्यक्षमा डा. राम भरोस प्रसाद चयन भएका छन भने सदस्यमा डा. श्यामबाबु शाह, डा. राकेश कुमार शाह, डा. पंकज कुमार शाह, डा. यादव प्रसाद घिमिरे, डा। राम ईश्वर शाह, डा. अमरेश कुमार यादव, डा. अम्बेडकर कुमार यादव र डा. सदरे आलम चयन भएका छन । सल्लाहकारमा प्रा.डा.राजेन्द्रकुमार चौधरी र डा.अभिनन्दन श्रीवास्तव चयन भएकाछन ।
चन्द्रपुर स्थित होटल आरोहीको सभाहलमा आयोजित कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल विक्रम कार्की, महासचिव डा। संजीव तिवारी, मधेश प्रदेश अध्यक्ष डा. निरज सिंह लगायत केन्द्रीय तथा प्रदेश स्तरका वरिष्ठ चिकित्सकहरूको उपस्थिति रहेको थियो ।
यसैबीच नेपाल चिकित्सक संघ रौतहटका नवनियुक्त अध्यक्ष डा. सुवास चौधरीले चिकित्सकहरूको अधिकारको सुरक्षा, पेशाको गरिमा र जनताप्रतिको जिम्मेवारीलाई प्रष्टसँग उठाउने प्रतिवद्धता जनाएका छन । उनले नेपाल चिकित्सक संघ विधिसम्मत र उत्तरदायी ढंगले अगाडि बढ्ने बताउँदै चिकित्सकहरूको हक र स्वाभिमानमा कुठाराघात भए संघ अग्रसर हुने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन बसन्त कुमार आचार्यले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles