Friday, April 10, 2026

सप्तरङ्गी नेपालद्धारा होमोफोविया,बाइफोविया,ट्रान्सफोविया कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

रौतहट÷ सप्तरङ्गी नेपाल रौतहटद्धारा लामो समयदेखि संस्थाद्धारा संचालित कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने कर्मचारी लगायतलाई सम्मान तथा विदाई गरिएको छ । रौतहटको चन्द्रपुरस्थित होटल ए.एन. प्लाजामा भएको कार्यक्रममा सप्तरङ्गी नेपाल रौतहटको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक जिना रानाले तेश्रो लिङ्गी प्रति समाजले हेर्ने नजर बदलिरहेको अवस्थामा अझ समाजप्रति जिम्मेवार भएर काम गरे सम्मान पाइने बताउनुभयो । उहाले तेश्रो लिङ्गीले पनि आफुले गर्ने कामलाई गौरवपूर्ण ठानेर अनुशासित,समाजप्रति उत्तरदायी र जिम्मेवार बन्नुपर्ने बताउनुभयो । चन्द्रपुर लगायत रौतहट जिल्लाभर करीव २ हजार ५ सय तेश्रो लिङ्गी रहेको बताउनुहुदै पछिल्लो समय तेश्रोलिङ्गीहरु खुलेर समाजमा आफ्नो हक,अधिकारका लागि अगाडि बढेको बताउनुभयो ।
“समुदायहरूको शक्ति“ भन्ने मुल नाराका साथ एलजिबिटिआइक्यू+ समुदायहरूको विविधता, एकता र सहकार्यको शक्तिलाई उजागर गर्दछ । समुदायहरूबीचको सहकार्यले भेदभाव, हिंसा र बहिष्करणविरुद्धको संघर्षमा बल थप्दछ । १७ मे, १९९० मा विश्व स्वास्थ्य संगठनले समलि·ीलाई मानसिक रोगको सूचीबाट हटाएको थियो । त्यसको सम्झनामा यो दिवस संसारभर मनाइदै आएको छ । यसले लै·िक तथा यौनिक विविधता भएका व्यक्तिहरूलाई हुने हिंसा, भेदभाव विरुद्ध चेतना अभिवृद्धि गर्ने उद्देश्य राख्दै नेपालमा यो दिवसलाई समलिङगी÷ट्रान्स÷एलजिबिटिआइक्यू समुदायमाथिको डर, घृणा र भेदभावविरुद्धको अन्तर्राष्ट्रिय दिवस को रूपमा मनाइन्छ । यस दिनमा विभिन्न संघसंस्थाहरूले छलफल कार्यक्रम, चेतनामूलक याली, सामाजिक सञ्जाल अभियान र समुदायको आवाज प्रस्तुत गर्ने कार्यक्रम आयोजना गर्दै आइरहेका छन्।
चन्द्रपुर नगरपालिका वडा नं. ४, जिइपिसी नेपाल र समुदायका साथीहरुको सहयोगमा सम्पन्न कार्यक्रममा सप्तरङ्गी नेपाल रौतहटमा कार्यरत १४ जना कर्मचारीहरुलाई विदाई गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्ली बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । सप्तरङ्गी नेपाल रौतहटका अध्यक्ष पिंकी दासको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम मनोरन्जनात्मक नृत्य तथा कार्यक्रममा अन्त्यमा तेश्रो लिङ्गीहरुले मोडलिङ समेत गरेका थिए । कार्यक्रम संस्थाका कार्यक्रम संयोजक जिना रानाले संचालन गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles