रौतहट,०५ साउन÷रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ स्थित पौराइ मन्दिर परिसर भित्र नव निर्मित ४५ फिट अग्लो महादेब मुर्तिको सोमबार एक कार्यक्रमका बिच अनावरण गरिएको छ । रौतहट क्षेत्र नं. ४ क का निर्बतमान प्रदेश सभा सदस्य धनलाल ठोक्कर तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले सो मुर्तिको संयुक्त रुपमा अनावरण गर्नुभएको हो । अनावरण कार्यक्रममा मन्तव्य राख्नुहुदै प्रमुख अतिथी निर्बतमान प्रदेश सभा सदस्य धनलाल ठोक्करले पौराई ब्रम्हस्थानलाइ धार्मिक पहिचानको क्षेत्र बनाउनको लागी महादेवको मुर्ति निमार्णको लागी आफनो कार्यकालमा सक्दो बजेट छुट्याएर कार्य अगाडि बढाएको बताउनुभयो । लागत बढदै गएका कारण निर्माणमा केही ढिलो भएपनि अहिले निमार्ण कार्य सम्पन्न भएको प्रति खुशी ब्यक्त गर्नुहुदै अव धार्मिक आस्थाको केन्द्रको रुपमा पौराई ब्रम्हस्थान परिचित रहेको बताउनुभयो । सवै धर्मावलम्वीहरुले पौराई ब्रम्हस्थानलाई मान्ने भएका कारण बर्षेनी दर्शनार्थीहरुको भिड बढ्नुले पनि यसको महत्व प्रष्ट पारेको बताउनुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले धार्मिक पर्यटकिय क्षेत्रको रुपमा परिचित पौराई ब्रहमस्थान परिसरमा निर्मित महादेबको मुर्तिको निमार्णले धार्मिक पर्यटकहरु बढ्ने बताउनुहुदै अव विस्तारै चन्द्रपुर नगरपालिका धार्मिक क्षेत्रको हव बन्ने बताउनुभयो । उहाले नुनथर,पौराई ब्रम्हस्थान,कोटीहोम,गोल्मेराजाको दरवार लगायतको धार्मिक पर्यटकीय स्थललाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेकोले पनि विस्तारै यसतर्फ आकर्षण बढेको बताउनुभयो । पौराईलाइ धार्मिक पर्यटकिय क्षेत्रको बिकाश गर्नको लागी नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा योजनाबद्ध तरिकाले लगानीको वातावरण बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला समिति सदस्य मिथलेश मिश्रले सवैको सहयोग र योगदानबाट पौराई धार्मिक पर्यटकीय क्षेत्र बनेको र यसलाई अझ प्रबद्र्धन गर्नका लागि नगरपालिकाले गुरु योजना तयार पारि अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. १ का वाड अध्यक्ष बलराम राउतले चन्द्रपुर नगरपालिका वडा नं. १ मा सवै क्षेत्रमा उत्तिकै लगानी गरेको बताउनुभयो । शिक्षा,सिंचाई, स्वास्थ्य,भौतिक संरचना लगायतको कामले यतिखेर वडावासी खुसी भएको बताउदै बाकी कामका लागि नगरपालिका,प्रदेश र संघसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला, वडा नं. ८ का वडा अध्यक्ष जितेन्द्र चौधरी, काष्ठ व्यवसायी संघ रौतहटका अध्यक्ष श्यामलाल ठोकर(कर्ण), युवा नेता देवराज कार्की,श्यामहरी कोइराला,सुवास कोइराला, कल्याण कार्की, कांग्रेसका नेता श्रीराम न्यौपाने लगायत स्थानिय भभलादमी,बुद्धीजिबीको उपस्थीती रहेको थियो । सो मुर्ति निमार्णमा करिब ७६ लाख लागेको निमार्ण समितिका अध्यक्ष रुपेश पंडितले जानकारी दिनुभयो । मुर्ति निमार्णले यस क्षेत्रको आर्कषण नै बढाएको अध्यक्ष पंडितले बताउनु भयो । कार्यक्रम पंडितकै अध्यक्षतामा सम्पन्न भएको थियो ।

