Friday, April 10, 2026

नेपाल तरुण दल चन्द्रपुर नगरको सभापतिमा गोले

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,३१ साउन÷ नेपाल तरुण दल चन्द्रपुर नगर समितिको पाचौं नगर अधिवेशनबाट नया नेतृत्व चयन गरिएको छ । पा“चौ नगर अधिवेशनले नगर सभापतिमा सुक्मान गोले, उपसभापतिमा नीलहरी न्यौपाने, सहसचिवमा बिक्रम लामा तथा शेष ऐसानुल हक चयन गरेको छ । अन्य पदाधिकारीहरूको चयन भने क्रमशः गरिदै जाने जनाइएको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै नेपाल तरुण दलका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला प्रतिनिधि हरी खनालले अव रौतहटमा तरुण दल शसक्तरुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाले युवाहरुलाई संगठित गर्दै अगाडि बढ्ने लक्ष्यका साथ गठन गरिएको नगर नेतृत्वले अव तरुणहरुको मनोभाव बुझेर अगाडि बढ्ने बताउनुभयो । अधिवेशनले संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउने अपेक्षा गरिएको छ ।यसैवीच  नेपाल तरुण दल रौतहटले संगठन सशक्तीकरणको अभियान अन्तर्गत पूर्णकालीन सदस्यता वितरण कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला स्तरीय यो अभियान नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला प्रतिनिधि हरी खनालको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रमका क्रममा पार्टीका नयां सदस्यहरूलाई पूर्णकालीन सदस्यता प्रदान गरिदै संगठनमा सक्रिय सहभागीता जनाउन आग्रह गरिएको थियो । सदस्यता वितरणसंगै संगठनलाई थप मजबुत बनाउदै युवा नेतृत्वको विस्तारमा टेवा पु¥याउने उद्देश्य लिइएको जनाइएको छ। कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य नौसाद आलम, नेपाली काग्रेस रौतहटका क्षेत्रीय सभापति रामस्नेही यादव,काग्रेसका युवा नेता श्यामलाल ठोकर(कर्ण), नेवि संघका जिल्ला सभापति अधिकार लामिछाने,पुर्व स्ववियू सभापति संगम श्रेष्ठ, जनज्योति बहुमुखी क्याम्पसका स्ववियू सभापति नौसाद आलम, नेपाली काग्रेस पार्टीका नगर सचिव गणेश प्रसाद चौलागाई, इकाइ सभापति भिमराज अधिकारी,तरुण दलका जिल्ला सचिव पुजन सत्याल लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम तरुण दल रौतहटका अध्यक्ष सोभित सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles