Friday, April 10, 2026

टिभिएसले ल्यायो एक्सचेन्ज मनिया ,पुरानो बाइक ल्याउनुहोस्, नया लैजानुहोस

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,३१ साउन÷ जगदम्बा मोटर्स प्रा.लि. ले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै “टिभिएस एक्सचेन्ज मनिया“ कार्यक्रम बजारमा ल्याउन लागेको छ । कार्यक्रम आगामी भदौ २ गतेदेखि ८ गतेसम्म रौतहटको चन्द्रपुरस्थित गोल्डेन ब्याङक्वेटमा आयोजना हुनेछ । नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ग्राहकहरूले आफूले चलाइरहेका जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर सहजै एक्सचेन्ज गरी टिभिएस ब्रान्डको नया“ बाइक वा स्कुटर विशेष छुटमा खरिद गर्न सक्नेछन् । कार्यक्रममा सहभागी ग्राहकहरूले क्यास डिस्काउन्टः अधिकतम रु. ८,०००, भ्यालु एडिसनः अधिकतम रु. १०,०००, मिनिमल भ्यालुएसन (गुडे पनि नगुडे पनि)ः अधिकतम रु. ३०,०००, निःशुल्क एक्सेसोरिजः हेल्मेट, ब्याग, बाइक कभर, टिभिएस लाइफटाइम वारेन्टी पाउनेछन । कम्पनीले ग्राहकहरूको सुविधा र सन्तुष्टिलाई प्राथमिकता दिदै देशभर यस्ता कार्यक्रम गर्दै आएको जगदम्बा मोटर्स प्रा.लि. चन्द्रपुर स्थित आधिकारिक विक्रेता गणपति अटो एण्ड सेन्टरका संचालक रामहरी पण्डितले जानकारी दिनुभयो । उहाले एक्सचेन्ज मनिया चन्द्रपुरमा पनि सफल हुने विश्वास कम्पनीले लिएको बताउनुभयो । टिभिएसका नया मोडेलमा रुचि राख्ने तथा पुराना सवारी साधन सजिलै एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि यो अवसर निकै लाभदायक हुने अपेक्षा गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles