Friday, April 10, 2026

घर अभिलेखिकरणको अन्तिम मौका दिदै चन्द्रपुर नगरपालिका

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,०५ भाद्र ÷चन्द्रपुर नगरपालिकाले अन्तिमपटकका लागि भन्दै नक्सा पास नगरी निर्माण भएका घरधनीलाई अभिलेखिकरणको मौका दिएको छ । चन्द्रपुर नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ मा बनेको भवन निर्माण निर्देशिका अनुसार २०८२ भदौ २ गते बसेको नगर कार्यपालिका बैठकले अन्तिम पटकको लागि एक महिनाभित्र अभिलेखिकरण गराउनुगर्नका लागि निर्णय गरेको छ ।
तोकिएको समयमा सिमा भित्र नगरपालिकाले अभिलेखिकरणमा छुट भएका घरधनीलाई शतप्रतिशत जरिवाना थप गरी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ । भवन आचारसंहिता अनुसार २०७४ सालअघि बनेका घरहरूलाई अभिलेखिकरण गर्ने प्रक्रिया यसअघि पटक–पटक आह्वान गरिएको भए पनि घरधनीहरुले वेवास्ता गरेकोले चन्द्रपुर नगरपालिकाले एक पटकलाई अन्तिम मौका भएको नगरपालिकाले जनाएको छ । निर्धारित शुल्क अनुसार पुराना घर अभिलेखिकरण गर्दा प्रति स्क्वायर फिट ८ रुपैया लाग्नेछ भने नया नक्सा पास गर्नेहरूका लागि प्रति स्क्वायर फिट ५ रुपैया शुल्क तोकिएको छ । बारम्बार सुचना प्रकाशित गरेको भएपनि हालसम्म करीव १४ सय भन्दा बढी घर मात्र नगरपालिकामा अभिलेखिकरण गरिएको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो । नगर प्रमुख काफ्लेले अनावश्यक प्रलोभनमा नपरी तोकिएको अवधिभित्र अभिलेखिकरण गरेर आफ्नो सम्पत्ति सुरक्षित बनाउन सबै नागरिकलाई आग्रह गर्नुभएको छ । उहाले बैंकबाट ऋण लिनुपर्ने बेला मात्रै नक्सा पास गर्ने बढ्दै गएको उल्लेख गर्दै यसलाई निरुत्साहित गर्न नगरपालिकाले यो कदम अगाडि बढाएको बताउनुभयो । सामाजिक विकास समितिका अध्यक्ष तथा वडा नं. १ का वडा अध्यक्ष बलराम राउतले
संघीय कानुन अनुसार भवन निर्देशिकामा २०७४ भित्रै घर अभिलेखिकरण गर्नुपर्ने भएपनि स्थानीय तहले जनताको भावना बुझेर उनीहरुलाई भवन अभिलेखिकरणको यो अन्तिम अवसर दिएको बताउनुहुदै अव पनि नगरपालिकाले दिएको मौकामा घर अभिलेखिकरण नगरे पछुताउनुको विकल्प नरहेको बताउनुभयो । “नया घर निर्माण गर्दा सुरुमा नै मापदण्डअनुसार बनाउनुपर्ने हो, तर नागरिकले अटेर गरेर नक्सा पास नगरी बनाउने प्रवृत्तिले भवन आचारसंहिता उल्लंघन हुने गरेको छ,” बताउदै नागरिकको हरेक गल्ती ढाकछोप गर्न नगरपालिका अव बाध्य नहुने बताउनुभयो । उहाले कानुनी राज्यको परिपालनका लागि नागरिक पनि उत्तिकै जिम्मेवार हुने भएकोले कानुनको जानकारी छैन भनेर उम्किन नपाइने बताउनुभयो । नगरपालिकाले समयमै नक्सा पास गरेर घर बनाउनेलाई तुलनात्मक रूपमा कम शुल्क लाग्ने जानकारी समेत दिएको छ । तोकिएको अवधिभित्र अभिलेखिकरण नगर्ने घरधनीको घर अभिमुखिकरण समेत नगरपालिकाले नगर्ने चेतावनी दिएको छ । नगरपालिकाले समयमा नक्सापास नगरी घर बनेको र अभिलेखिकरण नगरेको घरको अभिलेखिकरण गर्दा शुल्कको २ सय प्रतिशतसम्म थप गरेर लिने चन्द्रपुर नगरपालिकाको भवन निर्माण निर्देशिकामा उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles