Friday, April 10, 2026

किरात देवास राई उत्थान समाज नेपाल रौतहटको नेतृत्व निम बहादुर राईको काधमा

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,५ भाद्र÷किरात देवास राई उत्थान समाज नेपाल जिल्ला कार्यसमिति रौतहटको चौथो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । रौतहटको चन्द्रनिगापुरस्थित होटल हिमालयनको सभाहलमा आयोजित अधिवेशनको प्रमुख अतिथी किरात देवास राई उत्थान समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष श्याम राई रहनु भएको थियो । प्रमुख अतिथी श्याम राईले किरात देवास राई उत्थान समाजलाई स्थापित गर्न,आफ्नो धर्म,संस्कृति,पहिचानलाई जिवन्त राख्नका लागि समाजमा सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभयो ।
अधिवेशनले वर्तमान अध्यक्ष नीमबहादुर राईकै नेतृत्वमा रहेको पुरानै कार्यसमितिलाई सर्वसम्मत निर्वाचित गरेको छ । नव निर्वाचित समितिले किरात देवास राई उत्थान समाजको पहिचानलाई कायम राख्दै अझ शसक्तरुपमा समाजमा स्थापित गर्नकालागि विविध कार्यक्रम गर्ने योजना राखेको छ । अधिवेशन जिल्ला अध्यक्ष नीमबहादुर राईको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रौतहटका अध्यक्ष नरेन्द्र राना मगर, किरात देवास राई उत्थान समाज समिति मकवानपुरका उपाध्यक्ष लव राई, थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष जगन्नाथ चौधरी, मगर संघ नेपाल जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष शेरबहादुर थापा, चन्द्रपुर नगरपालिका–३ का वडा सदस्य जितेन्द्र राई , रितबहादुर राई, किरात देवास राई उत्थान समाज नेपाल जिल्ला कार्यसमिति रौतहटका सल्लाहकार फुलचन राई तथा स्थानीय बुद्धिजीवी मंगल राईलगायतको उपस्थिति रहेको थियो । अधिवेशनमा सहभाागिहरुले देवास राई समुदायको सामाजिक एकता, संस्कृतिको संरक्षण र भावी कार्यदिशाबारे महत्वपूर्ण छलफल भएको आयोजक समितिले जनाएको छ । भाषा,कला,संस्कृतिलाई जगेर्ना गर्दै समाजमा स्थापित गराउन सवैले सहयोग गर्न आवश्यक रहेको वक्ताहरुले बताएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles