Friday, April 10, 2026

चन्द्रपुरका समाजसेवीको अग्रसरतामा पुनः निर्माण गरेर हस्तान्तरण गरे इलाका प्रहरी कार्यालय

ताजा / भरखरै प्राप्त

रौतहट,१ कार्तिक÷जेन्जी आन्दोलनका क्रममा गत भाद्र २४ गते आगजनी तथा तोडफोड गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन पुनःनिर्माण सम्पन्न गरि शनिवार औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । सामाजिक व्यक्तित्व अगुवाहरुको अग्रसरमा थालिएको पुनः निर्माण कार्य सम्पन्न गरी शनिवार एक कार्यक्रमका वीच हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य रँख्नुहुदै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रुपा लाबुङले छोटो समयमा गरिएको पुनःनिर्माण कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाले प्रहरी, नागरिक एक अर्काका परिपुरक भएकाले समाजमा हुने अवांछित कार्यलाई निरुत्साहित गर्न तथा समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी अहोरात्र खटिएको अवस्थामा देशको विसम परिस्थितिमा भएको अपुरणीय क्षतिलाई नागरिक समाजले आफ्नै सम्झेर पहल कदमीबाट निर्माण सम्पन्न गर्नुभएकोमा आभार प्रकट गर्नुभयो । उहाले समाजका केही अग्रजहरुले देखाउनु भएको सदासहायता तथा सवै चन्द्रपुरवासी लगायतको अतुलनीय सहयोगले निर्माण सम्पन्न भवनबाट अव प्रहरीले आफ्नो सेवा प्रदान गर्न सहज भएको समेत बताउनुभयो ।

सो अवसरमा भवन पुनरनिर्माण कार्यमा सक्रिय रुपमा सहभागी हुनु भएको रुपेश जयसवालले इलाका प्रहरी कार्यालय पुनः निर्माणमा भएको आम्दानी खर्चको विवरण समेत प्रस्तुत गर्नुभएको थियो । उहाले आम्दानी भन्दा खर्च बढी भएकोले अझै सहयोगको अपेक्षा समेत गर्नुभयो । सो अवसरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक रुपा लावुङले भवन पुनःनिर्माणका लागि महत्वपूर्ण भुमिका खेल्नुहुने नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की, व्यवसायी रुपेश जयसवाल,हर्क बहादुर तामाङ र बलराम भण्डारीलाई सम्मान पत्रले सम्मानित गर्नुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध), वडा नं. ४ का वडा अध्यक्ष रवि राना मगर र वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसी, युवा व्यवसायी तथा भवन पुनः निर्माण अभियान्ता तेज विक्रम कार्की लगायत संचारकर्मी तथा नेपाल प्रहरीका अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles