चन्द्रपुर÷रौतहट बचत तथा ऋण सहकारी संघ लि ले प्रारम्भिक सस्थाका संचालक तथा कर्मचारी लक्षित “प्रभाबकारी भाषण कला तालिम “कार्तिक २९ गते शनिबार चन्द्रपुर ४ स्थित आरोही होटलको सभाहलमा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन संघका अध्यक्ष विभु पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संघका सचिब वसन्त आचार्यले दिनुभएको थियो । संघले १२ महिना १२ कार्यक्रम गर्ने नीति अनुसार तालिमको आयोजना गरेको होे । बोल्नु एउटा कला हो बोल्दा मर्यादाक्रम अनुसारको सम्बोधन , बिषय बस्तुको उठान ,ब्याख्या ,सन्देश प्रवाह ,निचोड र शब्द चयनको चातुर्यता , जस्ता कुरामा ध्यान दिन आबास्यक पर्ने हुदा सबैले सहजै र निर्भीक रुपमा कार्यक्रम संचालन र भावना व्यक्त गर्ने क्षमताको बिकास होस भनेर यो कार्यक्रमको आयोजना गरिएको संघका कोषाध्यक्ष नरेन्द्र रानाले बताउनुभयो । कार्यक्रममा ४० सहकारीकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन समारोहमा चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय कुमार काफ्लेको आतिथ्यतामा सहभागीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो । समापन समारोहमा मन्तव्य राख्नुहुदै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफ्लेले सहकारीको बिकास र प्रबद्र्धनमा सहकारी शिक्षा तथा तालिमको माध्यमबाट गरिने कार्यलाई निरन्तरता दिन संघलाई सुझाउनुको साथै आबश्यक सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । सहजकर्ता शोभा खरेलले सहभागीहरुलाइ अति नै उत्साहजनक र प्रयोगात्मक तवरबाट हौसला थप्दै बिबिध बिषयमा आफ्ना ज्ञान र विद्धता प्रदान गर्नु भएको थियो । सहभागीताको तर्फबाट बिन्दबासिनी साकोसका सचिब राजेन्द्र तिमल्सिना र शसक्त महिला साकोसकी ब्यबस्थापक पार्वती राइले कार्यक्रम आयोजना गरेकोमा संघलाई र प्रभावकारी ढंगले सहजीकरण गरेकोमा सहजकर्ता शोभा खरेलप्रती आभार व्यक्त गर्नुभयो । कार्यक्रम संघका महासचिव देव बहादुर सापकोटाले संचालन गर्नु भएको थियो ।

