Friday, April 10, 2026

लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यार्थीको भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

चन्द्रपुर, २४ मंसिर । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सुबलाल भागवत उच्च माद्यामिक बिद्यालय सन्तपुरमा ‘लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यार्थीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम संस्थाका अध्यक्ष गणेश पौडेलको सभापतित्वमा सञ्चालन गरिएको कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा न।८ का वडा अध्यक्ष जितेन्द्र चौधरि प्रमुख अतिथि रहनु भएको थियो । त्यसैगरी अतिथि सुवलाल भागवत उच्च माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक गणपत चौधरी, बिद्यालयका शिक्षक तथा संस्थाका शिक्षा उप(समिति संयोजक शारदा भन्डारी, संचालक समिती सदस्य जनकराज भारती,ब्यवस्थापक हरि प्रसाद तिमल्सिना,ऋण अधिकृत युवराज पौडेल तथा अन्य कर्मचारी हरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सुवलाल उच्च मा।बि। विद्यालयमा अध्यानरत कक्षा ९,१० का ७३ जना भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष जितेन्द्र चौधरीले विद्यालयस्तरमै लैङ्गिक हिंसा न्यूनीकरणका उपाय, शिक्षकको जिम्मेवारी, विद्यार्थी मैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनु भयो ।अतिथि बिद्यालयका सहायक प्रधानाध्यापक गणपत चौधरीले यस्तो कार्यक्रमले विद्यालयमा हुने सूक्ष्म प्रकारका लैङ्गिक विभेद र हिंसालाई पहिचान गर्न तथा उचित समयमा प्रभावकारी कदम चाल्न मद्दत पुग्ने बताउँदै यसका निरन्तरताको आवश्यकतामा जोड दिनुभयो । कार्यक्रमका संयोजक संस्थाका अध्यक्ष गणेश पौडेलले विद्यालय र समुदाय दुवै तहमा लैङ्गिक समानता प्रवर्द्धन तथा हिंसामुक्त वातावरण निर्माणमा सहकfरीको भुमिका बिषयमा स्पष्ट पार्नु भएको थियोे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles