Friday, April 10, 2026

प्रदेश सभा सदस्य भट्टराईद्धारा १२ करोड ७८ लाखमा निर्मित हुने सडकको शिलान्यास

ताजा / भरखरै प्राप्त

वृन्दावन,२४ मंसिर÷ विकाशप्रेमी नेताका रुपमा आफ्नो पहिचान बनाउनु भएका रौतहट क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री युवराज भट्टराईले बुधवार रौतहटको बृन्दावन नगरपालिकामा निर्माण हुन लागेको एक सडकको शिलान्यास गर्नुभएको छ । प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको १२ करोड ७८ लाखको लागतमा
करिब साढे ४ किलोमिटर लामो कालोपत्रे सडकको शिलान्यास गर्नुभएको हो । उक्त सडक वृन्दावन नगरपालिकाको वार्ड नं. ३,४ र ५ अन्तर्गत पर्ने विश्रामपुर, बेनौली, नरकटिया र हर्दियालाई जोड्ने सडकको दुबै तर्फ नाला सहितको कालोपत्रे सडक निर्माण कार्य अगाडी बढेको प्रदेश सभा सदस्य भट्टराईले बताउनु भयो । प्रदेश सभा सदस्य भट्टराईले सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले आफ्नो उत्पादन बजारसम्म लैजान सहज हुने तथा सुरक्षित यातायात सुविधा पाउने बताउनुभयो । उहाले ग्रामीणक्षेत्रमा हुने दीर्घकालीन रुपमा हुदै आएको हिलो र धुलोबाट स्थानीयले राहत पाउने बताउनुभयो । उहाले स्थानीय जनताको आधारभुत आवश्यकतालाइ मध्यनजर गदै आफुले बिकाशका योजनाहरु बनाउने गरेको उहाँको भनाइ छ । उहाले आप्mुले सधै जनताको लक्षमा काम गर्दै आएकोले जनताको सडक,शिक्षा,स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका ेबताउनुभयो । शिलान्यास कार्यक्रममा संबिधान सभा सदस्य देवेन्द्र पटेल, वृन्दावन नगरपालिकाका पूर्व मेयर राम स्नेही यादव, मेयरका प्रत्याशी प्रेमशंकर यादव, रामप्रसाद पटेल लगायतको उपस्थिति रहेको थियो । गाउमा नाला सहितको कालोपत्रे सडक बन्ने भएपछि स्थानिय हर्षित भएका छन । यस अघि जनताको चाहना अनुसार काम नभएको अवस्थामा वर्तमान प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)ले जनताकै चाहना र आवश्यकताा अनुसार विकास गर्दै जानु भएको स्थानीयको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles