रुद्र कुमारी कार्की
रौतहट,१९ पुस÷संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रपुर रौतहटको १८ औं स्थापना दिवसको अवसरमा शनिवार मानव सेवा आश्रममा विहानी भोजन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको त्रिदिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ७ मा रहेको मानव सेवा आश्रममा बिहानी भोजनको कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा संक्षिप्त मन्तव्य राख्नुहुदै संस्थाका निवर्तमान अध्यक्ष एवम् रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु कुमार पोखरेलले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक काममा समेत उत्कृष्ट काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश पौडेलले मावनीय संवेदनशीलसंग जोडिएको मानवीय सेवालाई निरन्तरता दिने बताउनुभयो । उहाले मानव सेवा आश्रम नियमित रुपमा संचालन हुनका लागि आवश्यक पर्ने आर्थिक पाटोलाई समेत सवैले बुझ्न जरुरी रहेको बताउनुभयो । उहाले संकल्पले हरेक बर्ष त्रिदिवसीय कार्यक्रममा मानव आश्रमलाई प्राथमिकतामा राखेको बताउनुहुदै आवश्यक परेको समयमा सम्झन आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्णचन्द्र पोखरेल, सचिव चिरञ्जीवी गौतम लगायत संचालक समिती, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिती , सल्लाहकार, साथै कर्मचारी लगायतको उपस्थिति रहेको थियो । मानव सेवा आश्रममा रहेको ३८ जना आश्रित हरुलाई भोजन गराइएको मानव सेवा आश्रमका संयोजक काशिराम जोशीले जानकारी दिनुभयो ।

