रौतहट÷रौतहटको चन्द्रपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औ स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ । सोमबार चन्द्रपुरस्थित गोल्डेन बैंक्वेटमा संकल्प साकोसले आफ्नो १८औं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रम संस्थाका अध्यक्ष गणेश पौडेलले पानसमा बत्ती बालेर उदघाटन गर्नुभएको थियो । संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा संस्थाका शेयर सदस्यहरु मध्ये ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो। सहकारीले ज्येष्ठ नागरिकप्रति सम्मान, कृतज्ञता र सामाजिक उत्तरदायित्वको भावनालाई निरन्तरता दिंदै उहाहरुको योगदानको उच्च मूल्यांकन गर्दै संस्थाले कदरस्वरूप सम्मान कार्यक्रम आयोजना गरिएको गरेको संस्थाका सचिव चिरन्जीवी गौतमले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष गणेश पौडेलले संकल्प बचत तथा ऋण सहकारी संस्थाले स्थापना कालदेखि नै सदस्यहरूको आर्थिक सशक्तीकरण, बचत संस्कृतिको विकास तथा सहज ऋण प्रवाहमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो । उहाले आगामी दिनमा अझै पारदर्शी, प्रभावकारी र सदस्य–केन्द्रित सेवा प्रदान गर्दै सहकारीलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहकारी अभियानको महत्व, सहकारीको भूमिकाले समाज र आर्थिक विकासमा पु¥याएको योगदानबारे समेत चर्चा गरिएको थियो । स्थापना दिवसका अवसरमा आयोजित सम्मान, भेटघाट तथा अनुभव आदान–प्रदानले सहकारी सदस्यहरूबीच आपसी सम्बन्ध अझ सुदृढ भएको संस्थाका कोषाध्यक्ष कृष्णचन्द्र पोखरेलले बताउनुभयो । कार्यक्रममा विविध विद्यामा पुरस्कृत तथा सम्मान समेत गरिएको थियो । पुरस्कृत तथा सम्मानित हुनेहरुमा उत्प्रेरक पुरस्कार बासुदेव भट्टराई, उत्कृष्ट साकोस पुरस्कार अवदेशहरी भट्टराई, साकोस समाज सेवा पुरस्कार डा. सुवास कुमार चौधरी, असल सहकारी अभियन्ता पुरस्कार बसन्त कुमार आचार्य र उत्कृष्ट साकोस सेवा पुरस्कार निरन्जन दाहाललाई प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ट कारोवार भक्त प्रसाद तिमल्सिना र निता लामा, असल कारोवारी भगवती देवी तिमल्सिना र संजय चौधरी, नियमित मासिक बचत तथा अन्य कारोवार बसन्ती कुमारी चौधरी र विष्णु प्रसाद हुमागाई, असल ऋण कारोवार रोजिना श्रेष्ठ र रामजनम चौधरी, असल बचत कारोवार शिव प्रसाद सुवेदी र नविन कुमार शर्मा रोक्का हुनुभएको छ । त्यसैगरी बाल बचत तर्फ निहारिका कुश्वार र रियांस दाहाल, एसइइमा उत्कृष्ट संस्थागत विद्यालयबाट अनुपा विष्ट तथा निजी विद्यालयबाट रमन चालिसे र सजिना खरेल, १०+२ बाट मणिराम आचार्य र प्रेरणा थापा मगर तथा एकल महिलाको छोराछोरी सिता दाहाल पुरस्कृत हुनु भएको छ । कार्यक्रममा प्रमुख अतिथी नेफ्स्कुल संचालक शोभा राउत, विशिष्ट अतिथी रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु कुमार पोखरेल, रौतहट दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष श्रीकृष्ण अधिकारी, अतिथीहरुमा नव विकास साकोसका अध्यक्ष राजेन्द्र तिवारी, चन्द्रोदय साकोसका अध्यक्ष बसन्त कुमार आचार्य, चन्द्रपुर हस्पिटल प्रा.लि.का संचालक डा. सुवास कुमार चौधरी, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कान्तिपुर दैनिकका उप सम्पादक शिव पुरी लगायतको उपस्थिति रहेको थियो । यस अघि संस्थाले १९ गते मानव सेवा आश्रममा विहानी भोजन तथा २० गते संस्थाकै हातामा शुद्ध पिउने पानीको लागि आधुनिक धारा जडान गरेको थियो । कार्यक्रम संस्थाका सचिव चिरन्जीवी गौतमले संचालन गर्नुभएको थियो ।
