Friday, April 10, 2026

चन्द्रपुर नगरपालिकाको १६औं हिउदे अधिवेशन भव्यरुपमा सम्पन्न

ताजा / भरखरै प्राप्त

रुद्र कुमारी कार्की
रौतहट,२५ पुस÷ चन्द्रपुर नगरपालिकाको १६औं हिउदे अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । हिउदे अधिवेशनको शुक्रबार चन्द्रपुरस्थित गोल्डेन ब्यान्क्वेटमा प्रमुख अतिथी विघटित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, चन्द्रपुर नगरपालिकाका नगरप्रमुख तथा सभाध्यक्ष सञ्जय काफ्ले र नगरपालिकाका उपप्रमुख जयमाला कुमारी चौधरीले संयुक्त रूपमा उदघाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै प्रमुख अतिथी विघटित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले स्थानीय तहले जनताको जीवनस्तर उकास्न तथा न्यूनतम आवश्यकता परिपुर्तिको लागि काम गर्नुपर्ने बताउनुभयो । उहाले तीन तहको सरकारमा जनता दैनिक रुपमा स्थानीयतहसंग जोडिएकाले उनीहरुको समस्या मसिनो रुपमा स्थानीय तहलाई नै जानकारी हुने भएकोले पनि स्थानीयतहले सवैको साथ र सहयोगमा काम गर्नुपर्ने बताउनुभयो । विकास निर्माण, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढेमा मात्र समृद्ध नगर निर्माण सम्भव हुने उहाको भनाइ थियो । माननीय तिमल्सिनाले जनताका झुपडीमा सेवा,सुविधा पुगे नगर समृद्ध हुने भएकोले झुपडीसम्म सेवा पु¥याउन आग्रह गर्नुभयो । शुभकामना मन्तव्य राख्नुहुदै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य तथा कान्तिपुर दैनिकका उपसम्पादक, बरिष्ठ पत्रकार शिव पुरीले जनताले दिएको मतको कदर गर्ने जनप्रनिधि सधै जनताकै मन,मुटुमा रहने बताउनुहुदै जनताको मतको कदर गर्ने जनप्रतिनिधिहरु आगामी दिनमा जनताको दैलोमा पुग्न सोच्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउनुभयो । उहाले नगरसभामार्फत पारित हुने नीति तथा कार्यक्रमहरू जनमुखी, व्यवहारिक र दीर्घकालीन रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिदै शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा विपन्न वर्गको सशक्तीकरणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्कीले नगरको समग्र विकासका लागि सबै जनप्रतिनिधिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुहुदै भौतिक पुर्वाधारले मात्र नगर समृद्ध नहुने जिकिर गर्नुभयो । उहाले खानेपानी,शिक्षा,स्वास्थ्य,गरिवी उन्मुलन तर्फ स्थानीय निकाय उदासिन देखिएको तर्फ अंगित गर्नुहुदै अव पनि पुर्वाधारलाई मात्र प्राथमिकतामा राख्ने हो भने चन्द्रपुर नगरपालिका पनि अन्य पालिकाभन्दा फरक हुन नसक्ने बताउनुभयो । उदघाटन समारोहका सभाध्यक्ष तथा नगरप्रमुख सञ्जय काफ्लेले अधिवेशनको उद्देश्य र कार्यसूचीबारे जानकारी गराउदै नगरपालिकाले हालसम्म हासिल गरेका उपलब्धि तथा आगामी योजना र कार्यक्रमहरू प्रस्तुत गर्नुभयो । नगरसभालाई व्यवस्थित, समुन्नत र समावेशी नगर निर्माणको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने उहाले उल्लेख गर्नुभयो । अधिवेशनमा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत श्रीवास्तव, वडा नं. १ का वडा अध्यक्ष बलराम राउत, वडानं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध),वडा नं. ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा(रवि), वडा नं. ४ का वडा अध्यक्ष रवि राना मगर, वडा नं. ५ का वडा अध्यक्ष निलहरी कोइराला, वडा नं. ६ का वडा अध्यक्ष सहदेव के.सी.,वडा नं. ७ का वडा अध्यक्ष विष्णु उप्रेती, वडा नं. ८ का वडा अध्यक्ष जितेन्द्र चौधरी,वडा नं. ९ का वडा अध्यक्ष नवराज देवकोटा र वडा नं. १० का वडा अध्यक्ष टंकेश्वर चौधरी,कार्यपालिका सदस्य नेत्र कुश्वार, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । स्थानीय विकास, बजेट कार्यान्वयन, सेवा प्रवाह, पूर्वाधार विकास तथा सामाजिक कार्यक्रमलगायत विषयमा व्यापक छलफल गरिएको नगरपालिकाका सूचना अधिकारी मिश्रीलाल साहले जानकारी दिनुभयो ।कार्यक्रम हेमा कुमारी ढकालले संचालन गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles