चन्द्रपुर,२५ पुस÷ सदाबहार महिला कृषि सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको सो संस्थाको बार्षिक साधारण सभाको उदघाटन विशिष्ट अतिथी चन्द्रपुर नगरपालिका कृषि विकास शाखाका प्रमुख सन्दिप देवकोटाले पानसमा वत्ती बालेर गर्नुभयो । उदघाटन पश्चात शुभकामना मन्तव्य राख्नुहुदै कृषि विकास शाखा प्रमुख देवकोटाले कृषि सहकारीले किसानको हितमा काम गर्न सके संस्था सदैव जिवित रहन सक्ने बताउनुभयो । किसानहरुको समुचित विकासमा यस कृषि सहकारीले देखाएको उदाहरणीय कामको प्रशंसा गर्नुहुदै आगामी दिनमा समेत किसानहरुको समृद्धिका लागि काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अतिथीका रुपमा कृषि प्राविधिक सन्ध्या कार्की, नव विनायक कृषि सहकारी संस्थाका उपाध्यक्ष यादव खरेल , समाजसेवी कुल राज उप्रेती तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका व्यवस्थापक मिना कुमारी खड्काले संस्थाको आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक विष्णु माया पौडेल, आदिवासी जनजातिबाट असार्नी कुस्वार र राजी कुमारी चौधरी, नियमित बचतकर्ता राधा देवी उप्रेती,एकल महिला बाल कुमारी खड्का र संस्थालाई विभिन्न कार्यमा सहयोग गरे वापत हिरा बहादुर आचार्यलाई नगद सहित सम्मान गरिएको संस्थाका सचिव रुद्र कुमारी कार्कीले जानकारी दिनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष सन्जु कुस्वारको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रम संस्थाका शेयर सदस्य झल कुमारी कार्कीले संचालन गर्नुभएको थियो ।

