रौतहट÷यतिखेर रौतहटको निर्वाचन क्षेत्र नं. ३ चर्चामा रहेको छ । सदाझै आफुलाई विकासप्रेमी भनेर भन्न रुचाउने निवर्तमान संघीय सांसद तथा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहलाई आफ्नो विरासत जोगाउने चुनौती बढ्दै गएको छ । जनता समाजवादी पार्टीका तर्फबाट पुराना नेता गोविन्द चौधरी चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का तर्फबाट पार्टीका केन्द्रिय सदस्य कुन्दन कुशवाहा पनि बलिया प्रतिस्पर्धी हुन् । प्रभुु साहको आम जनता पार्टीमा रहेर काम गरेका कुन्दन पछिल्लो समय एमालेमा प्रवेश गरेपछि सो क्षेत्रको उनी निर्विकल्प एक्ला उम्मेदवार हुन् । उनले प्रभु साहले अपनाउदै आएको चुनाव जित्ने रणनीतिका जानकार समेत हुन् । यतिमात्र होइन यतिखेर सवैभन्दा बढी चर्चा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार दर्ता गराउनु भएका पुनम यादवको रहेको छ । जेन्जी पुस्ताका युवा नेत्री पुनम पछिल्लो देशको जेन्जी मुभमेन्टमा सक्रिय रहेर युवाहरुको प्रतिनिधित्वका लागि आवाज उठाउदै आउनु भएको छ । उहाले आफ्नो क्षेत्रको शिक्षा,स्वास्थ्य,रोजगारी लगायतका मानवीय आवश्यकताका लागि सवैसंग सहकार्य गरेर गरीवीका रेखामुनी रहेका व्यक्तिहरुको जीवनस्तर उकास्ने रणनीतिका साथ आफु राजनीतिमा प्रवेश गरेको बताउनुभयो । रौतहट क्षेत्र नं. ३ मा प्रभु साहले आफुलाई विकास प्रेमी भनेर भौतिक पुर्वाधारलाई मात्र प्राथमिकता दिएका कारण सडक विस्तार भएको बताउनुहुदै शिक्षाको अवस्था अत्यन्त दयनीय रहेको विभिन्न समयमा आएका समाचारले प्रष्ट पारेको बताउनुहुदै अवका दिनमा शिक्षा,स्वास्थ्य,रोजगारीलाई प्राथमिकता राखेर काम गर्ने बताउनुभयो । यतिखेर समाजलाई समृद्ध बनाउने लक्ष्यका साथ चुनावमा होमिएकाले सवै सचेत नागरिकले एक पटक सोच्ने समय आएको बताउनुभयो ।
