चन्द्रपुर,१६ माघ÷चन्द्रनिगाहपुर सिटी जेसिजले शहीद दिवसको अवसरमा चन्द्रपुर चोकमा झण्डोत्तोलन गर्नुका साथै दिपप्रज्ज्वलन गरेको छ । चन्द्रपुर निवासी समाजसेवी भरत अधिकारी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र थापा मगर, चन्द्रनिगाहपुर सिटी जेसिज २०२६ का अध्यक्ष देवराज न्यौपाने लगायतले संयुक्त रुपमा झण्डोत्तोलन गर्नुभयो । झण्डोत्तोलनपछि चन्द्रनिगाहपुर सिटी जेसिज २०२६ का अध्यक्ष देवराज न्यौपानेले हामीले प्राप्त गरेको अधिकार ल्याउनका लागि आफ्नो जीवन बलिदान दिने शहीदको सम्झनामा झण्डोत्तोलन गरिएको बताउनुभयो । उहाले विभिन्न कालखण्डमा देश र जनताको लागि आफ्नो ज्यान आहुति दिने शहीदको सपना साकार गर्नु सवैको कर्तव्य रहेको बताउनुभयो । कार्यक्रममा चन्द्रनिगाहपुर सिटी जेसिजका पुर्व अध्यक्ष चिरन्जीवी गौतम,चन्द्रपुर निवासी समाजसेवीद्धारा भरत अधिकारी,जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र थापा मगर लगायत चन्द्रनिगाहपुर सिटी जेसिजका पदाधिकारी,व्यवसायी,स्थानीयको सहभागिता रहेको थियो । झण्डोत्तोलनको लागि आवश्यक सहयोग चन्द्रनिगाहपुर सिटी जेसिज २०२६ का उपाध्यक्ष तथा कार्यक्रम संयोजक विकिज घिमिरेले गर्नुभएको थियो ।

