रौतहट÷ यतिखेर चुनावी सरगर्मीसंगै रौतहट क्ष्ँेत्र नं. ३ पनि तातिएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट पुनम यादव, निवर्तमान प्रतिनिधि सभा सदस्य तथा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साह, नेकपा एमालेबाट कुन्दन कुश्वाहा, जनता समाजवादी पार्टीबाट गोविन्द चौधरी लगायतका नेताहरु निर्वाचनमा होमिएका छन् । तर यतिखेर नेपाली कम्युनिष्ट पार्टीकाउम्मेदवार पुनम यादवको चर्चा व्यापक रहेको छ । युवा,शिक्षित तथा अन्तराष्ट्रिय स्तरमा समेत राम्रँे छवि बनाउन सफल यादव यतिखेर रौतहट क्षेत्र नं. ३ का जनताको भविष्य सुनिश्चित गर्न चुनावी मैदानमा होमिनु भएको छ ।
उहाले आफ्नो निर्वाचन क्षेत्रको दीर्घकालीन विकासका लागि ठोस प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । उहाले रौतहट क्षेत्र नं. ३ लाई लामो समयदेखि विकासको मूलधारबाट पछाडि पारिदै आएको उल्लेख गर्नुुहुहदै अब त्यस अवस्थालाई परिवर्तन गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो । सांसदको जिम्मेवारी र दायित्वबारे आफू स्पष्ट रहेको दाबी गर्दै उहाले जनतासग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । आफु निर्वाचन केन्द्रित राजनीति मात्र नगरेर समग्र क्षेत्रको विकाशका लागि चुनाव जितेपनि हारेपनि रौतहट क्षेत्र नं. ३ मा सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माणका लागि पहल गर्ने बताउनुभयो । यो केवल चुनावी नारा नभई आफ्नो व्यक्तिगत सपना र सामाजिक उत्तरदायित्व भएको उहाको भनाइ छ । सोही अवसरमा उहाले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा परिवर्तन ल्याउने लक्ष्यका साथ आफुले उम्मेदवारी दिएको र निर्वाचनमा विजय गराउन समग्र क्षेत्रवासीलाई आग्रह गर्नुभयो । मधेश बारे विभिन्न टिकाटिप्पणी गर्नेहरु प्रति इंगित गर्नुहुदै यादवले मधेश फोहोर नभएको र यसको पहिचान बदल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । क्षेत्र नं. ३ का कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुनु नहुने उहाको धारणा छ । त्यस्तै, मधेशमा छोरीहरूलाई अगाडि बढ्न दिइदैन भन्ने धारणा परिवर्तन गर्न आफू सक्रिय रहने प्रतिबद्धता पनि दोहो¥याउनुभयो । आफूले देखेको सपना रौतहट क्षेत्र ३ का प्रत्येक नागरिकको साझा सपना भएको उहाको भनाई छ ।
मतदातालाई अपिल गर्दै उनले यसपटक “तारा” चिन्हमा मतदान गरेर आफूलाई अवसर दिन आग्रह गर्नुभयो । विगतमा अन्य व्यक्ति तथा पार्टीलाई पटक–पटक विश्वास गर्दा जनताले अपेक्षित परिणाम नआएको उल्लेख गर्दै उहाले एक पटक आफूलाई विश्वास गर्न अनुरोध गर्नुभयो ।
