Friday, April 10, 2026

कानुन विपरित काम गर्ने कसैलाई छुट छैन– प्रहरी उपरिक्षक रिजाल

ताजा / भरखरै प्राप्त

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले रौतहट जिल्लामा शान्ति सुरक्षा,अमन चयन कायम गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उहाले जिल्लामा हुने चोरी तस्करी, अपराध र अवैध क्रियाकलाप गर्ने छुट कसैलाई नभएकोले यस्ता गतिविधिमा लाग्ने जो कोहीलाई कानुनको दायरामा ल्याउने बताउनुभयो । बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको संचारकर्मीसंगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक रिजालले प्रहरी आफु इमान्दार र व्यवसायिक भएर काम गरे दाग नलाग्ने भएकोले सधै राम्रो गर्ने तर्फ लाग्ने बताउनुभयो । उहाले जनताको अपेक्षा अनुसार प्रहरीले काम गर्दै आएको उल्लेख गर्नुहुदै जिल्लाका विभिन्न स्थानमा अश्लील गीत–संगीत बजाइने डिजे नियन्त्रण, जोखिमपूर्ण स्थानमा विशेष निगरानी तथा निर्वाचन सुरक्षाप्रति उच्च सतर्कता अपनाइने बताउनुभयो । निर्वाचनमा केही जोखिम रहेको स्वीकार गर्नुहुदै जेन्जि आन्दोलनका क्रममा लुटिएका हतियारको गलत प्रयोग हुन सक्ने आशंका रहेकाले आगामी निर्वाचन केही चुनौतीपूर्ण रहेको उहाको भनाई छ । उहाले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउने तथा शान्ति सुरक्षाको जिम्मा प्रहरीको भएको हुदा यसलाई सवैको साथ सहयोगमा सम्पन्न गर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट दिइने सुचना पारदर्शी हुने विश्वास दिलाउनुहुदै प्रहरी पत्रकारको सम्बन्ध सदैव सुमधुर हुनुपर्ने बताउनुभयो । संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिनुहुदै प्रहरी उपरिक्षक रिजालले सडक दुर्घटना तथा भारतीय नम्बरका सवारी साधनको प्रयोग बारे कडाई गरिने बताउनुभयो । निर्वाचनको समयमा हुने सामाजिक संजालको दुरुपयोग रोक्नका लागी ठूलो चुनौती रहेको भएपनि गलत गतिविधिमा संलग्नलाई कानुनको दायरामा ल्याउने बताउनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles