Friday, April 10, 2026

अलसाको ज्यान जानुमा रास्वपा उम्मेदवार सगिर आलम दोषी रहेको स्थानीयको भनाई

ताजा / भरखरै प्राप्त

रौतहट÷राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नं. ४ का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएपछि यतिखेर उनको चर्काे आलोचना हुन थालेको छ । बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएपछि उनको पार्टीले जनताप्रति कतिको उत्तरदायी नेतृत्व रहेछन् भन्ने प्रष्ट पारेको छ । जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुन सडकमा हिडिरहेको अवस्थामा तिव्र गतिमा रहेको बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले ठक्कर दिएको थियो । ग्रामीण भेगमा पनि तिव्र गतिमा सवारी चलाएकै कारण उक्त दुर्घटनाको भएको पीडित परिवारको भनाई रहेको छ । दुर्घटनामा घाइते भएकी बालिकालाई अस्पतालमा छोडेर चालक फरार भएको र पछि प्रहरी सक्षम हाजिर भएको बुझिएको छ । रौतहट प्रहरीले गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । यता स्थानीयले रास्वपाका उम्मेदवार सगिर आलम सवार रहेको उक्त गाडी सडकको अवस्था अनुसार हाक्नु पर्नेमा तिव्र गतिमा सानो सडकमा हुइक्याएकै कारण दुर्घटना भएको हो । रास्वपाको जनमत नभएका सगिरको दिमाग चुनावी पराजितको भयमा दौडिरहेको बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles