Friday, April 10, 2026

नव विकासद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा जनजागृति मावि प्रथम

ताजा / भरखरै प्राप्त

चन्द्रपुर÷रौतहटको चन्द्रनिगाहपुरमा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र एसएमटि ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसको संयुक्त आयोजनामा आज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चन्द्रपुर नगरपालिका वार्ड नं. ९ मा रहेको जनजागृती माबि प्रथम भएको छ । उक्त प्रतियोगितामा मुनलाइट एकेडेमी दोश्रो भएको छ भने जन ज्योति माबि तेश्रो भएको छ । प्रथम हुनेले नगद पाच हजार र शिल्ड,दोश्रो हुनेले नगद ३ हजार, शिल्ड र तेश्रो हुनेले २ हजार नगद र शिल्ड पुरस्कार प्राप्त गरेको नव बिकाश बचत तथा ऋण सहकारी संस्थाका मुख्य ब्यबस्थापक यज्ञ प्रसाईले जानकारी दिनुुभयो । प्रतियोगितामा चन्द्रपुर नगर क्षेत्रका प्लस टु सम्मका ८ वटा बिद्यालयका बिद्यार्थीहरु सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रौतहट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बिभु पोखरेलले हाजिरीजवाफ प्रतियोगिताले बिद्यार्थीहरुको बौद्धिकता बढाउने बताउनुभयो । यसैगरी चन्द्रपुर एकेडेमीका अध्यक्ष बसन्त आचार्य,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका सचिब अबधेशहरी भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नव बिकाश साकोसका अध्यक्ष तथा एसएमटि ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिस चन्द्रनिगाहपुर शाखाका अध्यक्ष राजेन्द्र तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थामा मुख्य ब्यबस्थापक यज्ञ प्रसाईले स्वागत मन्तब्य राख्नुभएको थियो ।साकोसले समाजिक उत्तरदायित्व अन्तर्गत नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र एसएमटि ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसको संयुक्त आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको संस्थाका अध्यक्ष राजेन्द्र तिवारीले बताउनु भयो । कार्यक्रममा नव बिकाश साकोसका निर्बतमान अध्यक्ष तथा रौतहट बचत तथा ऋण सहकारी संघका महासचिब देब बहादुर सापकोटा, चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख शेख नसरे आलम, एसएमटि ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिस केन्द्रिय कार्यालयका निर्देशक सुजित श्रेष्ठ, ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिस नया“ बानेश्वर शाखाका प्रमुख कृष्ण घिमिरे, ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिसका मार्केटिङ डाइरेक्टर सुगम गौतम लगायतको आतिथ्यता रहेको थियो ।
त्यसैगरी जनजागृती माबि सिन्धुरेघारीका प्रअ शत्रुधन साह,जन ज्योति माबिका शिक्षक बिबेक सिंह,मुनलाईट एकेडेमीका स्कुल कोअर्डिनेटर हरी कोइराला,बागमति माबिका शिक्षक निर्मल खतिवडा लगायतको आतिथ्यता रहेको थियो । हाजिरीजवाफ प्रतियोगिताको सहजीकरण चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख शेख नसरे आलम,संस्थाका कोषाध्यक्ष कुलशेखर पहाडी,मुख्य ब्यबस्थापक यज्ञ प्रसाईले गर्नुभएको थियो । प्रतियोगितामा जनजागृती माबि सिन्धुरेघारी,सुबलाल माबि सन्तपुर,जन ज्योति माबि चन्द्रनिगाहपुर,जनशक्ती माबि गैडाटार,बागमती माबि बागमती,मुनलाइट एकेडेमी चन्द्रनिगाहपुर,बाल निकेतन माबि चन्द्रनिगाहपुर र माउन्ट एभरेष्ट माबि चन्द्रनिगाहपुरका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles