Friday, April 10, 2026

नेकपाका उम्मेदवार भट्टराई जनतासंगै,उर्लियो जन समर्थन

ताजा / भरखरै प्राप्त

रौतहट÷ चुनावी माहौल तातिदै जा“दा यतिखेर उमेदवारहरु पनि घरदैलो तथा जनता भेटघाट कार्यक्रममा व्यस्त छन् । नेपाली कम्युनिष्ट पार्टीका उमेदवार राम कुमार भट्टराई हरेक टोलटोलमा पुगेर जनतालाई भेट्नुका साथै उनीहरुको समस्या बुझ्दैछन् । शनिवार चन्द्रपुर नगरपालिका वडा नं. ३ को चिसापानी,भोलनटार,अरुणबस्ती लगायतका विभिन्न स्थानका मतदाताहरु माझ भेटघाट एवम् अन्तक्रियामा सक्रिय हुनुहुन्छ । उमेदवार भट्टराई जिल्लाकै दुर्गम क्षेत्रका रुपमा रहेको चिसापानी,भोलनटार,अरुणवस्तीका जनताको समस्या बुझ्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । उहाले शिक्षा,स्वास्थ्य, खानेपानी लगायतका समस्या समाधान दिर्घकालिन रुपमा कसरी गर्ने सकिन्छ भनेर विज्ञसंग सल्लाह गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

कार्यक्रममा मधेस प्रदेश सरकारका पुर्व मन्त्री युवराज भट्टराई(समीर)ले जनताको अनिवार्य आवश्यकता पुरा गर्ने सवालमा नेकपा सदैव तल्लिन रहेकोले जनताको साथ आवश्यक रहेको बताउनुभयो । उहाले अवको निर्वाचनमा नेकपाका उमेदवार रामकुमार भट्टराई विजयी बनाउदै आफ्नो क्षेत्र विकासको लागि अग्रसर हुने विश्वास दिलाउनुभयो । आफुले हरेक क्षेत्रका सक्दो विकासको काम गर्दै शिक्षा,स्वास्थ्य,खानेपानी,सडक निर्माण गरेको प्रत्यक्ष जनताले अनुभव गरिरहेकोले अझ आवश्यक काम गर्नका लागि जनताको साथ र सहयोग मिल्ने बताउनुभयो । कार्यक्रममा पार्टीका नेता देवेन्द्र पटेल, पार्टीका केन्द्रिय सदस्य कल्याणी खड्का, महिला नेतृ देवकी नेपाल,बालकृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । स्थानीय स्तरमा पुग्दा स्थानीयवासीले उम्मेदवार भट्टराईलाई भव्य रुपमा स्वागत गरेका थिए । देशमा व्यवस्था परिवर्तन संगै जनताको अवस्था परिवर्तनको लागि भट्टराईको विकल्प नरहेको स्थानीयको भनाई छ । यसैगरी चन्द्रपुर नगरपालिका वडानं. ६ मा चुनावी सम्पर्क कार्यालयको समेत उदघाटन गरिएको छ । पार्टीले वडा वडामा आफ्नो उपस्थिति बलियो बनाउदै कार्यकर्ताहरुलाई निर्वाचनको परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिने कार्य समेत हुने जानकारी प्राप्त भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles