Friday, April 10, 2026

मतदाता भेटघाटमा देखियो नेकपा उम्मेदवार भट्टराई प्रति आकर्षण

ताजा / भरखरै प्राप्त

रौतहट,२४ माघ÷ नेपाली कम्युनिष्ट पार्टी रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उमेदवार राम कुमार भट्टराईले जनताको आधारभूत आवश्यकता पुरा गर्न स्थायी सरकारको आवश्यक रहेको बताउनु भएको छ । मतदाताको घरदैलो कार्यक्रममा शनिवार चन्द्रपुर नगरपालिकाका विभिन्न वडा तथा वृन्दावन नगरपालिकामा संक्षिप्त मन्तव्य राख्नुहुदै उम्मेदवार भट्टराईले गरिवी,अशिक्षा,बेरोजगारको समस्या समाधानका लागि दिर्घकालिन योजनाका साथ अगाडि बढ्न आवश्यक रहेकोले त्यसको लागि नेकपालाई जिताउन आवश्यक रहेको बताउनुभयो । पार्टीका श्रद्धेय नेता पुष्पकमल दाहाल(प्रचण्ड)ले लिएको जनताको पक्षका निर्णयहरु कार्यान्वयनका लागि पनि नेकपालाई जिताउन आवश्यक रहेको बताउनुभयो । दलित,विपन्न परिवारको हक अधिकारको लागि लडेर ल्याएको व्यवस्थालाई धारासायी बनाउने केही तत्वलाई समयमै पहिचान गर्न समेत आग्रह गर्नुभयो । यतिखेर नेपाली कम्युनिष्ट पार्टीप्रति जनलहर बढ्दै गएको प्रति खुसी व्यक्त गर्नुहुदै यस्तै साथ र सहयोग भए जनताको सवै आधारभूत आवश्यकता परिपूर्तिका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा पार्टीका नेता देवेन्द्र पटेल,महिला नेतृ देवकी नेपाल,कृष्ण खड्का,रन्जु थापा,टिका आचार्य लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles