रौतहट,२६ माघ÷ नेपाली कम्युनिष्ट पार्टी रौतहट क्षेत्र नं. ४ का उम्मेदवार राम कुमार भट्टराई यतिखेर जनताको घरदैलोमा एका विहानै पुगिरहेका हुन्छन् । जनताको हरेक सुखदुःखलाई नजिकबाट महसुस गर्दै समस्यमा समाधानका लागि आवश्यक पहल गर्ने सम्मको प्रतिबद्धता जाहेर गर्दै मतदातालाई आफ्नो पक्षमा आकर्षित गरिरहेका छन् । सोमबार पनि क्षेत्रको वृन्दावन नगरपालिका वडा नं. ९ भुसाहामा उम्मेदवार भट्टराई जनताले आवश्यकता महसुस गरेका स्वास्थ्य,शिक्षा,खानेपानी,रोजगारका बारेमा छलफल गर्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

घरदैलो कार्यक्रममा पार्टीको नेता तथा प्रदेश सभा सदस्य युवराज भट्टराई समिर, पार्टीका नेता देवेन्द्र पटेल लगायतका नेताहरुले समृद्ध क्षेत्रको परिकल्पना साकार पार्न नेपाली कम्युनिष्ट पार्टीकै काधमा जिम्मेवारी आएको बताउनुभयो । कार्यक्रममा सयौं स्थानीयको उपस्थिति रहेको थियो ।

