Friday, April 10, 2026

निर्वाचन क्षेत्रभर संयुक्त सुरक्षा गस्ती, सुरक्षा संवेदनशीलताको आधारमा सेना जुनसुकै घेरामा खटिन सक्ने

ताजा / भरखरै प्राप्त

रुद्र कुमारी कार्की
रौतहट,२७ माघ÷ निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै देशैभर संयुक्त सुरक्षा गस्ती परिचालन गरेको छ । रौतहट जिल्लाको तीन वटै सुरक्षा निकायको संयुक्त गस्ती निर्वाचन क्षेत्रभर परिचालन भइरहेको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्लाको शान्ति सुरक्षाको अवस्था जानकारी लिदै आफ्नो क्षेत्रभित्रको बस्तुस्थिति समेत अध्ययन गरेको संयुक्त गस्ती टोलीले गरिरहेको सुरक्षा निकायले जानकारी दिएको छ । जिल्लामा शान्ति सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि तीनै सुरक्षा निकायको संयुक्त गस्ती परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला भित्र रहेको निर्वाचन क्षेत्रमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा नियमित तथा आकस्मिक गस्ती सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। संयुक्त गस्ती टोलीले बजार क्षेत्र, संवेदनशील गाउटोल,सीमा नाका तथा राजमार्ग आसपासका क्षेत्रमा निगरानी बढाइएको छ । हरेक दिन गस्ती हुन थालेपछि स्थानीय नागरिकमा सुरक्षाको प्रत्याभुति भएको स्थानीयको भनाई छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार निर्वाचन सम्पन्न नहुन्जेलसम्म जिल्ला भित्र सुरक्षा सतर्कता उच्च राख्दै संयुक्त गस्तीलाई थप प्रभावकारी बनाइने जानकारी प्राप्त भएको छ । प्रशासनले कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।


यता नेपाली सेनाले सुरक्षा संवेदनशीलताको आधारमा सेना जुनसुकै घेरामा खटिने सक्ने जानकारी दिएको छ । यस अघि नै आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ । देशको महत्वपूर्ण प्रतिष्ठानहरूका साथै विमानस्थल, कारागारहरूको सुरक्षा समेत सेनाले आफ्नो मातहतमा लिएको छ । निर्वाचनको अवधिमा भने नेपाली सेना तेस्रो घेरामा खटिने बताइएको छ । पहिलो घेरामा नेपाल प्रहरी÷निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल÷निर्वाचन प्रहरी र तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिने बताइएको छ । तर सुरक्षाको आवश्यकता अनुसार जुनसकुै घेरामा पनि सेना खटिनसक्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा खटिने सक्ने बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles