Friday, April 10, 2026

विश्वशान्ति ‘महान धम्म पैदल यात्रा’ शुरु

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,२७ माघ÷ विश्व शान्तिका लागि भन्दै थाइल्यान्ड लगायतका देशहरुबाट आएका भिक्षुहरुद्वारा ‘महान धम्म यात्रा’ मंगलवारदेखि प्रारम्भ भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मा रहेको गोल्माराजा बुद्ध बिहारबाट विहान शुरु भएको पैदल यात्रामा निस्किएका भिक्षुहरुलाई चन्द्रनिगाहपुरमा स्वागत तथा विदाई गरिएको थियो । विदाई कार्यक्रममा पुष्पगुच्छाले स्वागत तथा विदाई गरिएको थियो । विदाई कार्यक्रममा स्थानीयको सक्रिय सहभागिता रहेको थियो । विश्व शान्तिको लागि गरिएको पैदल यात्राले शान्तिको सन्देश फैलाउन सहयोग पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।

गोल्माराजा बुद्ध विहार चन्द्रपुर १ का भन्ते मेधकर स्थविरका अनुसार पैदल यात्रीहरू माघ २७ गते चन्द्रपुरबाट शुरु भई फागुन १० गते भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । थाइल्यान्ड लगायतका विभिन्न देशका भिक्षुहरु सहभागिता रहेको उक्त पैदल यात्रा टोली भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्मको ऐतिहासिक ‘महान धम्म यात्रा’ सम्पन्न गर्ने उहाले जानकारी दिनुभयो । थाइल्यान्ड लगायत अन्य देशबाट आएका २२ जना भिक्षुहरू भारतको आसाम र त्रिपुरा हुँदै “शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्ध जन्मस्थल लुम्बिनीसम्म” भन्ने मूल नारासहित मंगलवार चन्द्रपुर नगरपालिका–१ स्थित गोल्माराजा बुद्ध बिहारबाट पैदल यात्रामाको थालनी गरिएको जनाइएको छ । धम्म यात्रामा थाइल्यान्ड, लाओस, भारत र नेपालका गरी २८ जना भिक्षुहरूको सहभागिता रहेको छ । यात्राको नेतृत्व थम्पायल बुद्ध बिहार, थाइल्यान्डका प्रमुख भिक्षु आचान सुफित भन्तेले गर्नुभएको छ । धम्म यात्रा केवल धार्मिक कार्यक्रम मात्र नभई विश्व शान्ति, अहिंसा र मानव सभ्यताको साझा सन्देश बोकेको ऐतिहासिक यात्रा रहेको आयोजकको भनाई छ ।सर्वसाधारण, बुद्ध धर्मावलम्बी तथा शान्तिप्रेमी सबैलाई धम्म यात्रामा सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles