Friday, April 10, 2026

नेकपाका उम्मेदवार भट्टराई घरदैलोमा, परिवर्तनको आशा भट्टराईसंग मात्र रहेको स्थानीयको भनाई

ताजा / भरखरै प्राप्त

सुब्बा कार्की
रौतहट,२८ माघ÷ नेपाली कम्युनिष्ट पार्टी रौतहट क्षेत्र नं. ४ का उम्मेदवार राम कुमार भट्टराईको घरदैलो कार्यक्रम चन्द्रपुर नगरपालिका र गढिमाई नगरपालिकाको विभिन्न वडाहरुमा सम्पन्न भएको छ । कार्यक्रम आफ्नो मतदाता समक्ष आफ्नो धारणा राख्नुहुदै उम्मेदवार राम कुमार भट्टराईले यस क्षेत्रको शिक्षा,स्वास्थ्य,खानेपानी प्रमुख समस्या रहेकोले यसको समाधानका लागि योजनाबद्ध तरिकाले अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । बोलेर भन्दा पनि काम गरेर देखाउने आफ्नो बानी भएकोले काम गर्ने वातावरण बनाउनका लागि सवै मतदाताहरुसंग आग्रह गर्नुभयो । रोजगारी पनि समस्याको रुपमा रहेकोले स्वदेशमै रोजगारीको अवसर श्रृजनाका लागि उद्योग,कलकारखाना संचालनको लागि वातावरण श्रृजना हुदै गएकोले यस क्षेत्रमा समेत कलकारखाना स्थापनाहुदै गएको बताउनुभयो ।

मधेश प्रदेशका पुर्वमन्त्री,प्रदेश सभा सदस्य तथा पार्टीका नेता युवराज भट्टराई(समिर)ले मधेशी,मुस्लिम, समावेशी, दलितका अधिकार सम्पन्न गराउने कामको शुरुवात नेपाली कम्युनिष्ट पार्टीले गरेकाले आज जनता निर्धक्क भएर बोल्न, आफ्नो अधिकार माग्न सफल भएको बताउनुभयो । उहाले तीन तहको सरकारमा पनि सवै वर्गको प्रतिनिधित्वका लागि पार्टीको अहम भुमिका रहेकोले महिला,दलितको प्रतिनिधित्व अनिवार्य भएको बताउनुभयो । कार्यक्रममा पार्टीका नेता देवेन्द्र पटेल, देवकी नेपाल,टिका आचार्य लगायत नेताहरुको उपस्थिति रहेको थियो । स्थानीयवासीहरुले पनि आफ्नो साझा समस्या राख्दै यसको निकास पनि नेपाली कम्युनिष्ट पार्टीकै नेताले दिनेमा आफुहरु आश्वस्त रहेको बताउनुभयो । स्थानीय मतदाताहरुले वर्तमान अवस्थामा देश परिवर्तनको र विकासको हुटहुटी हुने नेताको रुपमा राम कुमार भट्टराई जतिको सक्षम र सवल नेतृत्व अरुमा नरहेको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles